महोत्तरीमा नेपाली सेनाका एक सिपाहीले आफैलाई गोली हानेर आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महोत्तरीमा नेपाली सेनाका एक सिपाहीले आफैलाई गोली हानेर आत्महत्या

महोत्तरी । महोत्तरीमा नेपाली सेनाका एक सिपाहीले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् ।

जलेश्वरस्थित श्रीरणभीम गण प्रकौलीमा कार्यरत अमिर तामाङले कञ्चटमा आफैले गोली हानी आत्महत्या गरेको जनाइएको छ ।

रामेछाप जिल्लाको लिखु गाँउपालिकामा घर भई हाल रणभीम गण प्रकौली “ख” गुल्म दरबन्दीमा रहेका २३ वर्षीय तामाङ बुधबार बिहान मृत फेला परेका हुन् ।

आफैले बोकेको हतियारबाट तामाङले आफ्नै दाँया कञ्चटमा गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो।

नेपाली सेनाका सिपाही पदमा कार्यरत तामाङले आफैंलाई गोली किन हाने भन्ने विषयमा घटनाकाे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

मृतकका परिवारजन आएपछि शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि अस्पताल पठाइने उनले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);