तेक्वान्दोमा नेपाल पुलिस क्लब विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

तेक्वान्दोमा नेपाल पुलिस क्लब विजयी

बेनी। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार सकिएको तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कांस्य पदक जितेको प्रहरी विजेता बनेको हो । ७ स्वर्ण, ८ रजत र २ कांस्य पदक जितेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब तृतीय तथा तीन स्वर्ण, दुई रजत र ९ कांस्य पदक जितेको सशस्त्र प्रहरी तेस्रो बनेको राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक नवीन श्रेष्ठले जानकारी दिनुभयो ।मधेस प्रदेशले १ स्वर्ण, दुई रजत र ५ कांस्य, प्रदेश १ ले ८ वटा कांस्य, बागमतीले १ रजत र ३ कांस्य, गण्डकीले ७ कांस्य, लुम्बिनीले २ रजत र ४ कांस्य, कर्णालीले ३ कांस्य, सुदूरपश्चिम र एनआरएनएले एक÷एक वटा रजत पदक जितेका छन् । असोज २८ गतेदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनएका खेलाडीले विभिन्न २१ वटा खेलमा भाग लिएका थिए ।विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, राखेपका सदस्य रमेश धमला, ओलम्पियन दीपक विष्ट, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, बनेपा ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । निरोगीतर्फको १६ वटा खेलका स्वर्ण पदक विजेतालाई रु. २५ हजार र ५ वटा पुम्पे खेलमा स्वर्ण पदक विजेतालाई जनही रु. १५ हजारका दरले नगद पुरस्कार, प्रशंसापत्र प्रदान गरिएको थियो ।मंगलबार भएको महिला ४९ केजी समूहमा सशस्त्रकी गीता विष्टले स्वर्ण, पुलिसकी अञ्जली तामाङले रजत, मधेसका मनीषा वाइबा र लुम्बिनीका रतिका शाहीले कांस्य पदक जिते । महिला ६२ केजीमा पुलिसका सुस्मिता मोक्तानले स्वर्ण र सेनाका रेश्मा थापाले रजत पदक हात पर्दा कर्णालीका वेविका बस्नेत र प्रदेश १ का प्रज्ञा परियारले कांस्य पदक जिते ।

पुरुष ६३ केजीमा पुलिसका गोविन्दबहादुर आलेले स्वर्ण, सेनाका राहुल कुमालले रजत, मधेसका विक्रान्त ढुंगेल र सशस्त्रका रञ्जित साउदले कांस्य पदक जितेका छन् । पुरुष ६८ केजी तौल समूहमा सेनाका सगुन श्रेष्ठले स्वर्ण, बागमतीका सागर तामाङले रजत, लुम्बिनीका नवीन चौधरी र सशस्त्रका मोहम्मद रितिकले कांस्य पदक जिते । पुरुष ८७ केजी तौल समूहमा पुलिसका कवि अधिकारीले स्वर्ण, मधेसका अमितकुमार सिंहले रजत, सशस्त्रका नीरज देउवा र कर्णालीका सोहन राउतले कांस्य पदक जितेका छन् ।सोमबार भएको खेलमा महिला ४६ केजीतर्फ नेपाली सेनाकी काजल श्रेष्ठ, महिला ६७ केजीमा प्रहरीकी इन्दिरा बस्नेत, महिला ७३ केजीमा सेनाकी नम्रता तुलाधर, पुरुष ८७ केजी भन्दा बढीको तौल समूहमा सशस्त्र प्रहरीका भिमबहादुर खड्का, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा सशस्त्रका सुस्मिता गुरुङ, पुरुष ८० केजीमा प्रहरीका अभिसेक बरालले स्वर्ण पदक दिलाएका छन् ।महिला ४६ केजीमा सुदूरपश्चिमका झरना नाथले रजत, सशस्त्रका वर्षा थापा र बागमतीका रोशनी श्रेष्ठले कांस्य, महिला ६७ केजीमा सेनाकी ग्यानी चुदाँराले रजत, प्रदेश १ की सविना माझी र सशस्त्रकी सोरन गुरुङले कांस्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र सशस्त्रकी रेजिना पार्कीले कांस्य पदक जितेका छन् ।पुरुष ८७ केजीभन्दा बढीको तौल समूहमा प्रहरीका आसुतोष बरालले रजत, गण्डकीका निरजबहादुर नेपाली र मधेसका विकास तामाङले कांस्य, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा सेनाका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेसका प्रवली बस्नेतले कांस्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, सशस्त्रका जनकबहादुर जोशी र मधेसका पवनकुमार श्रेष्ठले कांस्य पदक जितेका छन् । ५७ केजी तौल समूह महिलामा नेपाली सेनाका सन्ध्याकुमारी सिंहले स्वर्ण, लुम्बिनीकी सिर्जना विष्टले रजत, गण्डकीकी सोविता थापा र प्रदेश १ का समीक्षा लिम्बुले कांस्य पदक जितेका छन् । ७४ केजी पुरुषतर्फ सशस्त्रका उमेशराजा भण्डारीले रजत, बागमतीका दानबहादुर तामाङ र गण्डकीका शंकर पौडेलले कांस्य पदक जिते ।५४ केजी पुरुषतर्फ मधेसका अब्ताब आलमले रजत, प्रदेश १ का शिव खड्का र सेनाका अम्बिकाप्रसाद घिमिरेले कांस्य पदक जितेका छन् । प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठले एकल पुम्सेमा स्वर्ण पदक दिलाए । महिलातर्फ नेपाली सेनाकी स्वतिका तामाङ रजत, प्रदेश १ की सुशीला राई र गण्डकीकी अर्पण अधिकारीले कांस्य पदक जितेका छन् ।

पुम्से एकल पुरुषमा लुम्बिनीका युवराज रानाले रजत, गण्डकीका आयुष गुरुङ र प्रदेश १ का विवेक राईले रजत पदक जिते । पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउतले स्वर्ण, सेनाका दीपेन्द्र गुरुङ र प्रशन्ना क्षेत्रीले रजत, गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकारी तथा प्रदेश १ का विवेक राई र सुविक्षा राईले कांस्य पदक जिते ।पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जितबहादुर बोट र कमल श्रेष्ठले स्वर्ण, सेनाका दीपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेलले रजत, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा सशस्त्रका सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहालले कांस्य पदक जिते ।टिम पुम्से महिलामा सेनाका स्वतीका तामाङ, निता गुरुङ, प्रशन्ना क्षेत्रीले स्वर्ण, पुलिसका निशा दर्नाल, सिता तामाङ, मोनिका रम्तेलले रजत, सशस्त्रका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश १ का मनीषा विश्वकर्मा, शान्ति राई र सुशीला राईले कांस्य पदक हात पारे ।गेरोगीतर्फ महिलाको ५३ केजी तौल समूहमा सेनाकी गीता कडायतले स्वर्ण, सशस्त्रकी अस्मिता खड्काले रजत, नेपाल प्रहरीका आयुष लामा र लुम्बिनीका निमा मल्लले कांस्य पदक जिते । पुरुष ५८ केजी तौल समूहमा मधेस प्रदेशका सोव अख्तरले स्वर्ण, प्रहरीका सुवास चन्द्र बोहराले रजत, सेनाका लोकबहादुर राउत र बागमतीका रमेश केसीले कांस्य पदक जितेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);