नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीको दबदबा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीको दबदबा

कास्की। पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका खेलाडी हावी भएका छन् । हालसम्म नेपाल आर्मीले आठ स्वर्ण, नाै रजत र १० काँस्यसहित २७ पदक जित्दै शीर्ष स्थानमा छ। दोश्रो भएको बागमती प्रदेशले पाँच स्वर्ण, तीन रजत र दुई काँस्यसहित १० पदक जितेको छ। एपिएफले चार स्वर्ण, पाँ रजत र नाै काँस्यसहित १८ पदक जितेको छ भने नेपाल पुलिस क्लबले दुई स्वर्ण, एक रजत र दुई काँस्यसहित पाँच पदक पाएको छ। घरेलु मैदानमा गण्डकी प्रदेश कमजोर सावित भएकाे छ। गण्डकीले हालसम्म स्वर्ण र रजत पदक पाउन सकेको छैन। पाँच वटा काँस्य मात्रै पाएको गण्डकी सातौं स्थानमा छ। पाँचौ स्थानमा रहेको सुदुरपश्चिमले एक स्वर्ण र तीन काँस्यसहित चार पदक र लुम्बिनीले दुई रजत पदक पाएको छ।

प्रदेश १ ले तीन कास्य मात्रै जितेकाे छ। कर्णाली, मधेश र एनआरएनए हालसम्म पदकविहिन छन् । हालसम्म २० इभेन्टका खेल सकिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);