सरकार संघीयता विरोधी गतिविधिमा लागेको उपेन्द्र यादवको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

धनुषा, १४ वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार संघीयता विरोधी गतिविधिमा लागेको आरोप लगाएका छन् ।

धनुषामा मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधनका लागि सरकारलाई समर्थन गरे पनि सरकार विपरित दिशामा हिडेको आरोप लगाए ।

निर्वाचनमा भाग लिएकै भरमा आफूहरुले संविधान स्वीकार गरेको नठान्न उनले सरकारलाई सचेत गराए । संविधान संशोधन नभएसम्म मुलुकमा स्थिरता कायम नहुने उनले बताए ।

ताजा समाचार