भारतको बिरोध गर्नु नेपालको राष्ट्रवाद होइनः सांसद केसी | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

भारतको बिरोध गर्नु नेपालको राष्ट्रवाद होइनः सांसद केसी

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले भारतको बिरोध गर्नु नेपालको राष्ट्रवाद नभएको बताउनुभएको छ ।

बुधवार नेपाल भारतमैत्री समाजको आयोजनामा ७६ औँ भारतीय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद केसीले बि.सं. २०१७ सालपछि नेपालको राष्ट्रवाद नै भारत र काँग्रेसको बिरोध गर्नु हो भन्ने भाष्य बनेको बताउनु भयो ।

अहिले पनि कहिलेकाहीँ भारतको बिरोध गर्नु नै नेपालको राष्ट्रवाद हो भनि सम्झिने गरिएको भन्दै त्यो गलत भएको बताउनु भयो । उहाँले कुनै राष्ट्रको बिरोधमा नभई आफ्नो राष्ट्रको पक्षमा उभिनुपर्ने बताउनु भयो । उहाँले नेपाल–भारत बीचको सम्बन्धलाई अझै सशक्त र मजबुत बनाउनुपर्ने बताउनु भयो । उहाँले भारतीय स्वतन्त्रता संग्रामले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि अद्वितिय योगदान दिएको बताउनु भयो ।

उहाँले नेपाल–भारत बिचको सम्बन्ध राजनीतिक बन्धनले मात्रै बाँधिएको नभई धर्म, संस्कार, संस्कृति, परम्परा र आपसी मान्यताहरुबाट एक अर्कामा जोडिएको बताउनु भयो । उहाँले दुई देशका बीचमा देखिएका समस्याहरुलाई पारस्परिक आत्मविश्वासका साथ सहअस्तित्व र सहसम्मानको बाटोबाट हल गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);