ओली र दाहाल पछि अर्जुन नरसिंह केसीले भेटे नेपाललाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ओली र दाहाल पछि अर्जुन नरसिंह केसीले भेटे नेपाललाई

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले उच्च राजनीति भेटलाई निरन्तरता दिएका छन् । उनले आज नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । मंगलबार नेपाल निवास कोटेश्वरमा भएको भेटमा निर्वाचनको समीक्षा गरिएको बुझिएको छ ।

भेटमा राष्ट्रिय राजनीतिबारे पनि महत्त्वपूर्ण कुराकानी भएको जनाइएको छ ।

उनले आइतबार एमाले अध्यक्ष केपी ओलीसँग सँग भेटवार्ता गरेका थिए भने सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए ।

ज्वाईं गगन थापा प्रधानमन्त्री बन्ने दौडमा रहेका बेला केसीको राजनीतिक सक्रियता बढेको छ । केसी मंसिर ४ को निर्वाचनबाट नुवाकोट–२ बाट निर्वाचित सांसद हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);