प्रधानमन्त्रीले अधिकार आफू केन्द्रीत गर्दा संघीयता खतरामा : केसी | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

प्रधानमन्त्रीले अधिकार आफू केन्द्रीत गर्दा संघीयता खतरामा : केसी

अर्जुन नरसिंह केसी

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले संघीयता खतरामा रहेको बताउनु भएको छ । नेता केसीले केन्द्र सरकार नै संघीयताको मर्म विपरित चलेको आरोप लगाउनु भएको छ ।

माउन्टेन टेलिभिजनको कार्यक्रम आजको सन्दर्भमा बोल्दै नेता केसीले यस्तो बताउनु भएको हो । प्रधानमन्त्रीले अधिकार आफूमा केन्द्रीत गरेर संघीयतालाई खतरामा पारेको उहाँको आरोप छ ।

नेता केसीले संघीयता कार्यान्वयनमा देखिएका अपठ्यारा र चुनौतिहरुको समाधानका लागि लोकतान्त्रिक शक्तिहरु एकथलोमा उभिनु पर्ने सुझाउनु भएको छ । लोकतन्त्रको निम्ति लडेका दलहरुबीच आग्रह र पूर्वाग्रह राख्न नहुने समेत बताउनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);