आर्थिक समृद्धि र विकास मुलुकको आवश्यकता : गृहमन्त्री रामबहादुर थापा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आर्थिक समृद्धि र विकास मुलुकको आवश्यकता : गृहमन्त्री रामबहादुर थापा

ram bdr thapa

काठमाडौं, १२ चैत । गृहमन्त्री रामबहादुर थापाले आर्थिक समृद्धि र विकास अहिले मुलुकको आवश्यकता रहेको बताएका छन् ।
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नृतृत्वमा गएको चेम्वरको प्रतिनिधिमण्डलसँंग आइतबार गृह मन्त्रालयमा भएको भेटघाटमा मन्त्री थापाले यसका लागि चेम्वरको सहयोगको आशा राखे ।

मुलुकलाई समृद्ध बनाउने दिशातर्फ अगाडि वढ्न चेम्वरसँंग सहकार्य गरेर अगाडि वढने उनले बताए । उनले उद्योगी र व्यावसायीहरुको सुरक्षाका लागि गृह मन्त्रालय प्रतिवद्ध रहेको भन्दै नेपालमा लगानीको वातावरण सृजना गर्नेतर्फ मन्त्रालयले आवश्यक सवै सुरक्षाको वन्दोवस्त मिलाउने बताए ।

मुलुकभित्रै प्रसस्त उद्योगधन्दा सञ्चालन गरी रोजगारीको सृजना गर्ने गरी औद्योगिक क्रान्ति आवश्यक रहेको भन्दै उनले कामका लागि दैनिक विदेश जाने नेपाली जनशक्तिलाई स्वदेशमै रोजगारीको बातावरण बनाउन स्वदेशमा लगानी तथा उद्योगधन्दा सञ्चालन हुनुपर्नेमा जोड दिए । सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योग व्यवसायीको विविध क्षेत्रमा देखिएका समस्याबारे मन्त्री थापाको ध्यानाकर्षण गराए ।
उनले व्यापारीसँंग जवरजस्ती चन्दा, आर्थिक सहयोग माग्ने प्रबृति अन्त हुनुपर्ने खाँंचो औल्याउदै ढुवानीमा हुने गरेको कार्टेलिंगलाई हटाउनुपर्ने माग गरे नेपाल र चीन नाकामा हुने विविध समस्याहरुबारे विशेष ध्यानाकर्षण गराउँंदै उनले ती क्षेत्रमा सहज आवागमन हुनुपर्ने बताए । आवश्यक भन्दा वढी सार्वजनिक विदाले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पारेको भन्दै उनले विदा कटौती गर्नुपर्ने, सार्वजनिक विदामा पनि बैंक तथा वितीय संस्थाहरु सुचारु हुनुपर्ने आवश्यकता औल्याए ।
विभिन्न क्षेत्रबाट बजार अनुगमन हुँंदा व्यापारीलाई सास्ती हुने गरेको भन्दै उनले सहज रुपमा बजार अनुगमनको काम हुनुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);