सरकारको मुख्य लक्ष्य विकास र समृद्धि : गृहमन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सरकारको मुख्य लक्ष्य विकास र समृद्धि : गृहमन्त्री थापा

rambahadur thapa

काठमाडौं, ७ वैशाख । गृहमन्त्री रामबहादुर थापाले सरकारको मुख्य लक्ष्य विकास र समृद्धि भएको बताएका छन् । गृहमन्त्री थापाले विकास र समृद्धिको लक्ष्य प्राप्तीका लागि सुशासन, शान्ति र सुरक्षाको प्रत्याभूति गराउन पनि मातहतका निकायलाई सचेत गराए ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती महिला विभागको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि कर्मचारीतन्त्रलाई व्यवस्थित बनाउनुपर्ने आवश्यक्ता औंल्याए ।

गृहमन्त्री थापाले राजनीतिक अधिकार प्राप्तीको आन्दोलनलाई पूर्णता दिँदै मुलुकको समृद्धि र विकासमा केन्द्रित हुन पनि कर्मचारीहरुलाई सचेत गराएका छन् । उनले सुशासन, शान्ति र सुरक्षा स्थापना गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);