सिण्डिकेट र कार्टेलिङले समृद्धि आउँदैन : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

सिण्डिकेट र कार्टेलिङले समृद्धि आउँदैन : गृहमन्त्री

rambahadur thapa

काठमाडौं, २७ असार । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रमा अहिलेकै अवस्था कायम रहे मुलुकमा समृद्धि नआउने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले मुलुकलाई समृद्ध बनाउन सरकारले यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट खारेज गरेको स्पष्ट पारे ।

यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौति र समाधान’ विषयक कार्यक्रममा उनले जनतालाई समृद्ध बनाउन सरकारले यातायातको क्षेत्रमा गुणात्मक परिवर्तन गर्न चाहेको बताए ।

उनले यातायात क्षेत्रको आमूल परिवर्तनका लागि ठोस नीति, ऐन र कानुन बनाउने प्रतिवद्धता व्यक्त गरे । रोजगारीको खोजीका विदेशिएका युवाहरुलाई स्वदेश फर्काउन सरकारले विकास र समृद्धिको अभियानलाई मुख्य लक्ष्य बनाएको उनले बताए।

गृहमन्त्री थापाले समृद्धिको मुख्य आधार पूर्वाधार विकास भएकाले त्यसलाई तीव्र रुपमा अघि बढाउन सरकारले रेल मार्ग, जलमार्ग निर्माणको कामलाई प्राथमिकता दिएको जानकारी दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);