व्यवसायिक हित र समृद्धिका लागि सिण्डिकेटकाे अन्त्य : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

व्यवसायिक हित र समृद्धिका लागि सिण्डिकेटकाे अन्त्य : गृहमन्त्री

काठमाडौं, २२ मंसिर । गृहमन्त्री रामबहादुर थापाले व्यवसायिक हित र समृद्धिका लागि सरकारले यातायात क्षेत्रको सिण्डिकेट तोड्ने काम गरेको बताएका छन् ।

नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै मन्त्री थापाले केही व्यक्तिमा मात्रै सिमित रहेको यातायात व्यवसायलाई सबैको पहुँचमा पुर्याउने काम सरकारले गरेको बताए ।

यातायात क्षेत्रमा आउने सबैको हितका लागि सिण्डीकेट तोडिनु अत्यावश्यक रहेको भन्दै उनले सिण्डिकेटको अन्त्यसंगै यातायात व्यवसाय व्यवसायीक रुपमा अघि बढेको बताए ।

गृहमन्त्री थापाले लामो समय देखि केही व्यक्तिले यातायात व्यवसायमा एकाधिकार कायम गरि एकलौटी रुपमा शोषण गर्दै आफु मात्रै समृद्ध हुने गरेको र त्यस्तो पद्धतिलाई नीति निर्माता र प्रशासकले पनि संरक्षण गर्दै आएकाले यातायात क्षेत्र व्यवसायिक बन्न नसकेको बताए ।

लामो समय देखिको सिमित व्यक्तिको एकाधिकारबाट बाहिर ल्याउने काम भएकाले तत्काल केही कानुनी बाधा देखिएपनि सरकारले सबै जटिलताहरुको अन्त्य गर्दै लैजाने उनले प्रतिबद्धता देखाए ।

नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिका अध्यक्ष होमप्रसाद अधिकारीले यातायात क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको भन्दै त्यसको अन्त्यका लागि पहल गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनले यातायात कार्यालयका कर्मचारीहरु दिनहुँ अख्तियारको नियन्त्रणमा पर्ने गरेबाट नै त्यहाँ भित्रको आर्थिक अनियमिततालाई प्रष्ट पारेको उल्लेख गरे ।

उनले यातायात कार्यालयका कर्मचारीहरुबाट व्यवसायिहरु पनि मर्कामा परेको दाबी बताए । अध्यक्ष अधिकारीले यातायात क्षेत्रमा ९८ प्रतिशत नीजि क्षेत्रको योगदान रहे पनि भ्रष्टाचार गर्न नपाउने भयका कारण नीति निर्माण तहमा नीजि क्षेत्रलाई सहभागी नगराईएको दाबी गरे ।

सरकारले मुलुकभरका सबै वस व्यवसायी समितिलाई खारेज गरि कम्पनी र प्रालिमा जानुपर्ने बाध्यकारी नियम बनाएको छ । कम्पनी र प्रालिमा दर्ता हुनका लागि कानुनी जटिलता भएको भन्दै व्यवसायीले सरकारी निर्णयको विरोध गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);