इयू निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति कांग्रेसको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

इयू निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति कांग्रेसको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको निर्वाचनसम्बन्धि प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।

इयू_निर्वाचन_पर्यवेक्षण_प्रतिवेदन_पेश7134

काठमाडौं, १२ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको निर्वाचनसम्बन्धि प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।

सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचनको पर्यवेक्षण गर्ने जिम्मेवारी पाएको यूरोपियन युनियन निर्वाचन परिवेक्षण मिसनले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर रहेर प्रतिवेदन पेश गरेको बताए । उनले नेपालको संविधानमाथि नकारात्मक टिप्पणी गरेकोमा पार्टीको गम्भिर असहमति रहेको स्पष्ट पारे ।

कांग्रेसले यूरोपियन युनियनलाई आफ्नो मर्यादा भित्र रहेर गतिविधि संचालन गर्न सचेतसमेत गराएको छ । बैठकमा कांग्रेस केन्द्रीय सदस्यहरुले यूरोपियन युनियनको निर्वाचनसम्बन्धि प्रतिवेदन आपत्तिजनक रहेको धारणा राखेका थिए । युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनमा नेपालको संविधानकै अवमूल्यन गर्न खोजिएको कांग्रेसको आरोप छ । केन्द्रीय समितिको सोमबारको बैठक पनि निर्वाचनको समिक्षामै केन्द्रित रहेको छ ।

बैठकको सुरुमा बोल्दै केन्द्रिय सदस्यहरु रमेश लेखक, गोविन्द भट्टराई, डा. डिला संग्रौला, लक्ष्मी परियारले बाम गठबन्धनलाई प्रतिवाद गरेर जान नसक्दा पार्टीले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नुपरेको धारणा राखेको प्रवक्ता शर्माले जानकारी दिए । शुक्रबारबाट सुरु भएको बैठकमा पार्टीका संस्थापन पक्ष र नेता रामचन्द्र पौडेल पक्षबीच आरोप, प्रत्यारोप चलेको छ । पौडेल पक्षले सभापति शेरबहादुर देउवाको कार्यशैलीकै कारण पार्टीले निर्वाचनमा हार व्यहोर्नु परेको आरोप लगाएका छन भने संस्थापन पक्षले सभापति देउवाको बचाऊ गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);