ईयूको निर्वाचन प्रतिवेदनप्रति कांग्रेसको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

ईयूको निर्वाचन प्रतिवेदनप्रति कांग्रेसको आपत्ति

काठमाडौं, १२ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको निर्वाचनसम्बन्धी प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।

सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचनको पर्यवेक्षण गर्ने जिम्मेवारी पाएको मिसनले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर रहेर प्रतिवेदन सार्वजनिक गरेको बताए ।

उनले नेपालको संविधानमाथि नकारात्मक टिप्पणी गरेको भन्दै आपत्ति जनाए । कांग्रेसले यूरोपियन युनियनलाई आफ्नो मर्यादाभित्र रहेर गतिविधि संचालन गर्न चेतावनी समेत दिएको छ ।

बैठकमा कांग्रेस केन्द्रीय सदस्यहरुले इयूको निर्वाचनसम्बन्धी प्रतिवेदन आपत्तिजनक रहेको बताए । इयुको प्रतिवेदनमा नेपालको संविधानकै अवमूल्यन गर्न खोजिएको कांग्रेस नेताहरुको भनाइ छ । केन्द्रीय समितिको सोमबारको बैठक पनि निर्वाचनको समिक्षा मै केन्द्रित रहेको छ ।

बैठकको सुरुमा बोल्दै केन्द्रीय सदस्यहरु रमेश लेखक, गोविन्द भट्टराई, डा. डिला संग्रौला, लक्ष्मी परियारले बाम गठबन्धनलाई प्रतिवाद गरेर जान नसक्दा पार्टीले निर्वाचनमा अनपेक्षित हार बेहोर्नुपरेको धारणा राखेको प्रवक्ता शर्माले जानकारी दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);