स्वास्थ्य मन्त्रालयभित्र सुर्ति र सुर्तिजन्य पदार्थ बोकेर जान निषेध | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

स्वास्थ्य मन्त्रालयभित्र सुर्ति र सुर्तिजन्य पदार्थ बोकेर जान निषेध

काठमाडौं, १२ चैत । स्वास्थ्य मन्त्रालयभित्र सुर्ति र सुर्तिजन्य पदार्थ बोकेर जान नपाईने भएको छ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले मन्त्रालयभित्र सुर्ति र सुर्तिजन्य पदार्थ बोकेर जान रोक लगाएकी हुन् । सुर्तिजन्य पदार्थको नियन्त्रण गर्ने नियम भएपनि कार्यान्वयन नभएको भन्दै मन्त्री अर्यालले मन्त्रालयबाटै कार्यान्वयनको सुरुवात गर्ने बताइन् ।

मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री अर्यालले गरिब जनतालाई स्वास्थ्यको पहुँचमा पु¥याउने प्रतिबद्धता जनाइन् । अहिले पनि १७ सय वडामा स्वास्थ्य संस्था नरहेकाले सबै वडामा स्वास्थ्यको पहुँच पु¥याउने सरकारको लक्ष्य रहेको उनको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);