सुर्तिजन्य पदार्थको न्यूनिकरण गर्न करको दायरा बढाउनुपर्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सुर्तिजन्य पदार्थको न्यूनिकरण गर्न करको दायरा बढाउनुपर्छ

surtijanaya padhartha

काठमाडौं, १५ वैशाख । सरोकारवालाहरुले सुर्तिजन्य पदार्थको प्रयोगमा न्यूनिकरण गर्न करको दायरा बढाउनुपर्नेमा जोड दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले नेपालमा बार्षिक २५ हजार मानिसको सुर्तिजन्य पदार्थको सेवानबाट मृत्यु हुने गरेको भन्दै यसको प्रयोगमा न्युनिकरण गर्न करको दायरा बढाउनुपर्ने बताएका हुन् ।

सुर्तिजन्य पदार्थमा ७० प्रशितसम्म कर लगाउनुपर्ने, पकेटको ९० प्रतिशत भागमा चेतावनीमूलक चित्र राख्नुपर्ने तथा सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थको सेवनमा कडाई गर्नुपर्ने उनीहरुको भनाइ छ ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सुझाव कार्यान्वयनका लागि पहल गर्ने बताइन् । स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित सरोकारवालाले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री अर्याल, संसदहरु, काठमाडौं नगरपालीकाका मेयर विद्यासुन्दर शाक्य, चिकित्सकहरु र सम्बन्धित निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);