रुकुम पूर्वको सिस्ने गाउँपालिकामा ७ लाखको कमलको डाँठ बिक्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा ७ लाखको कमलको डाँठ बिक्री

रुकुम पूर्व, १५ वैशाख । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा रहेको कमलतालबाट यस वर्ष ७ लाख रुपैयाँको कमलको डाँठ बिक्री भएको छ ।

वडा नम्बर ५ स्थित कमल तालबाट एक महिनासम्मका लागि डाँठ निकाल्न थालिएको थियो । यसअघिका वर्षमा जथाभावी कमलको डाँठ निकाल्ने र बिक्री गर्ने गरिएकोमा यसपटकदेखि गाउँपालिकाले व्यवस्थित गरेको छ ।

सिस्ने गाउँपालिकाले नै यो वर्ष कमल निकाल्ने र बिक्री गर्ने भनेर टेन्डर आह्वान गरेको हो । कमलको डाँठ तरकारी वा अचारको रुपमा प्रयोग गरिन्छ । यस्तै जन्डिस रोगको उपचारका लागि पनि कमलको डाँठ उपयोगि मानिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);