सुधार गृहमा मृत फेला परेका कमलको शव परिवारले बुझ्दै, आजै पोस्टमार्टम गरिने | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

सुधार गृहमा मृत फेला परेका कमलको शव परिवारले बुझ्दै, आजै पोस्टमार्टम गरिने

काठमाडौं, ११ भदौ । भक्तपुरको सुधार गृहमा आठ दिन अघि मृत फेला परेका कमल बस्नेतको शव परिवारले बुझ्न सहमत भएको छ । आठ दिनसम्मको छलफलपछि रामेछाप मन्थली–३ का बस्नेतको शव परीक्षण गर्न परिवार सहमत भएको हो ।

कमल गत भदौ ३ गते सुधार गृहमा अचेत भेटिएका थिए । तत्काल अस्पताल लगेपनि उनलाई पुर्याउँदा बित्तिकै मृत घोषणा गरिएको थियो । कमलका परिवार र आफन्तले घटना भएको दिन प्रदर्शन गर्दा सुधार गृह तनावग्रस्त बनेको थियो । परिवारले सुधार गृहको लापरवाहीले कमलको मृत्यु भएको आरोप लगाएको छ ।

कमलको खट्टुामा निलो डाम देखिएपछि हत्या भएको हुनसक्ने भन्दै निष्पक्ष छानबिन नभएसम्म शव परिक्षण गर्न नदिने अडान लिएको थियो । सो घटनाको छानबिन गर्नका लागि ३ सदस्यीय समिति बनाएको छ ।
दुुईपक्षबीच शवपरीक्षण गर्ने, शव परीक्षणपछि मृतकको दाहसंस्कार गर्ने, छानबिन कमिटीबाट आएको रिपोर्टअनुसार अगाडि बढ्ने, मृतक परिवारका लागि राहत रकमका लागि नेपाल सरकारलाई लेखी पठाउने सहमति भएको प्रहरीले जनाएको छ ।

कमलको शव आजै त्रिवि शिक्षण अस्पतालमा पोस्टमर्टम गरिनेछ ।

Leave a Reply

ताजा समाचार