कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै विद्यालय अनिश्चित कालका लागि बन्द | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै विद्यालय अनिश्चित कालका लागि बन्द

पुष्कर भट्ट । कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै विद्यालय अनिश्चित कालका लागि बन्द भएका छन् । गत साता आइतवार भीमदत्त नगरपालिका वडा नम्बर १० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटनामा विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीलाई सामूहिक कुटपिटको घटनालाई लिएर शिक्षक सम्वद्ध संगठनहरुले विद्यालय बन्द गरेका हुन्।

शिक्षक महासंघ भीमदत्त नगर आन्दोलन परिचालन समितिले प्रहरीको हतकडीदेखि प्रहरी घेरामा रहेका शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट भएको भन्दै घटनामा सलग्नमाथि कार्बाही नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।

विद्यालय परिसरभित्रै पसेर आक्रमण गर्नेहरुमाथि प्रहरीले कारबाही गर्न आनाकानी गरिरहेकोले विद्यालय बन्द गरिएको हो । शिक्षकहरुले विद्यालयभित्रै हतकडी लगाएर नियन्त्रणमा लिइएका शिक्षकलाई सुरक्षा दिन नसक्ने प्रहरीमाथि पनि कारबाहीको माग गरेका छन्।

उपाध्यक्ष अखिल नेपाल शिक्षक संगठन कञ्चनपुर उपाध्यक्ष पुष्पमणि जोशीले शिक्षकमाथि अमानविय रुपमा गरिएको कुटपिटको भत्र्सना गर्दै शिक्षक टे«ड आन्दोलित भएको बताए । आइबार भीमदत्त नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई केन्द्र, प्रशासन सहितका निकायमा ज्ञापन पत्र बुझाएर शिक्षकमाथि कुटपिट गर्ने गिरोहलाई कार्बाहीको माग अघि सारिएको उपाध्यक्ष जोशीले बताए ।

शिक्षकको आन्दोलनका कारण भीमदत्त नगरका १सय २८ सामुदायिक तथा निजी विद्यालयमा पठन पाठन बन्द भएको छ भने उता सिद्धनाथ माविमा ३ भदौँदेखि नियमित पठन पाठन अवरुद्ध भएको छ । विद्यालयमा दैनिक विवाद र किचलो भईरहेको छ । जसका कारण ६ सय भन्दा बढि विद्यार्थीको पठन पाठन अवरुद्ध भएपछि विद्यार्थीको भविष्य चौपट बन्ने चिन्ता व्यक्त गरिएको छ । छात्रा र शिक्षक दुवै पक्षबाट एक अर्का बिरुद्धमा मुद्दा मामला भएको छ । छात्राका तर्फबाट घर परिवारले शिक्षक बिरेन्द्र जोशी बिरुद्धमा बाल यौनदुराचार बिरुद्धमा मुद्दा दायर गरेका छन ।

विद्यालय कार्यकक्षमै प्रहरीले हतकडी लगाएर ल्याउने क्रममा प्रहरी नियन्त्रणमा रहेका शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट भएपछि कुटपिट गर्ने समुहको मात्रै नभई प्रहरीको समेत आलोचना बिरोध भईरहेको छ । विद्यालय, अभिभावक, शिक्षक संघ संगठनहरुले प्रहरी घेराभित्र रहेका शिक्षकमाथि निर्घात कुटपिटदेखि विद्यालयमै गएर हतकडी लगाएर ल्याउने कार्य निन्दनिय भएको धारणा अभिव्यक्त गरिरहेका छन ।
घाईते शिक्षक जोशी परिवारका तर्फबाट कुटपिट गर्ने ८ जना बिरुद्धमा ज्यान उद्योगमा मुद्दा दर्ता गरिएको छ । विद्यालयले समेत शिक्षकमाथि कुटपिट गर्ने बिरुद्ध कार्बाहीको माग अघि सारेको छ ।

३२ साउनमा शिक्षक जोशीले कक्षा १० मा अध्ययनरथ एक छात्रामाथि दुव्र्यवहार गरेको भन्दै छात्राका आफन्त एव केही बाहिरका मानिसले ३ भदौँ विद्यालयमा बिरोध प्रर्दशन गरेर आन्दोलन गरेका थिए । छात्रा परिवार किटानी जाहेरी गरेको दोस्रो दिन शिक्षक परिवारले समेत किटानी जाहेरी दर्ता गरेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले दुवै पक्षबाट आएको किटानी जाहेरी दर्ता भएर अनुसन्धान अघि बढेको बताए ।  घाईते शिक्षक जोशीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);