दार्चुलामा शरीरमा मट्टीतेल छर्केर आत्महत्याको प्रयास, महिलाको अवस्था गम्भिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

दार्चुलामा शरीरमा मट्टीतेल छर्केर आत्महत्याको प्रयास, महिलाको अवस्था गम्भिर

दार्चुला, ११ भदौ । पछिल्लो समय आत्मदाह गर्नेको संख्या बढ्न थालेको छ । केही समय अघि काठमाडौंको बानेश्वरमा प्रेमप्रसाद आचार्यले शरिरमा पेट्रोल छर्केर आगो लगाएपछि उनको उपचारको क्रममा मृत्यु भयो ।

केही दिन अघि मात्र पोखराकी पत्रकार रोशनी अधिकारीले ४ लिटर पेट्रोल खरिद गरेर शरिरमा आगो लगाइन् र उनको भोलिपल्ट निधन भयो । यसबारे सम्बन्धित निकायले ध्यान नदिने हो भने अवस्था भयावह हुन सक्छ ।
फेरी दार्चुलामा एक महिलाले आइतबार शरीरमा मट्टीतेल छर्केर आगो लगाइ आत्महत्याको प्रयास गरेकी छन् ।

शैल्यशिखर नगरपालिका ५ तल्लो सेतकलाकि अन्दाजी ४५ वर्षीया श्रीमती सुना साउदले आइतबार विहान आफनै शरिरमा मट्टीतेल छर्केर आगो लगाइ आत्महत्याको प्रयास गरेकी हुन्। उनले आगो लगाएको छिमेकीहरूले थाहा पाएपछि शरिरमा लागेको आगो निभाइ उपचारका लागी गोकुलेश्वरअस्पताल लगेका थिए । गोकुलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

घाइते साउदको घुडा भन्दा माथीको भाग जलेर अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घटनाबारे वास्तविकता खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);