शुक्रबार आत्मदाह प्रयास गरेकी श्रेष्ठको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

शुक्रबार आत्मदाह प्रयास गरेकी श्रेष्ठको मृत्यु

death

काठमाडौं । शुक्रबार दिउँसो आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी एक महिलाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बस्ने रामेछापकी ३६ वर्षीय शान्ति श्रेष्ठले शरीरमा आगो लगाएर शुक्रबार आत्मदाह प्रयास गरेकी थिइन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजे पेट्रोल छर्केर आगो लगाएकी थिइन् । स्थानीय र प्रहरीले उद्धार गरेर उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याएका थिए । उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । आत्मदाह प्रयासको कारण खुलेको छैन् । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);