थ्रेसर मेसिनको पट्टामा बेरिएर बालकको ज्यान गयो  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

थ्रेसर मेसिनको पट्टामा बेरिएर बालकको ज्यान गयो 

बासुदेव बडु । दार्चुलामा गहुँ चुट्ने थ्रेसर मेसिनको पट्टामा बेरिएर घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

शुक्रबार दिउँसो नौगाड गा पा ४ सिप्टीका कक्षा ५ मा अद्ययनरत १३ वर्षीय बालक विनोद सिंह धामी गहुँ चुट्ने थ्रेसरको पट्टामा बेरिएर घाइते भएका हुन्।

खेतमा गहुँ चुटिरहेको बेला थ्रेसरको पट्टामा धामीले लगाएको लुगा बेरिएर घाइते भएका र उपचारका लागी गोकुलेश्वर अस्पताल लगिएको थियो ।

उपचारको क्रममा  गोकुलेश्वर अस्पतालमा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);