चाउचाउ बनाउने मेसिनमा बेरिएर मजदुरको मृत्यु, प्रशासन प्रमुख र सुरक्षा गार्ड फरार | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

कपिलबस्तु, ३० असोज । कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६, गोबरीस्थित क्यापिटल फुड प्रालिको चाउचाउ बनाउने मेसिनमा बेरिएर एक जना मजदुरको ज्यान गएको छ।

गएराती बत्ती गएको समयमा मेसिन सफाई गरिरहेका बेला एक्कासी मेसिन चलेपछि बेरिएर थुमुवा गाउँका १७ बर्षे सुरेश भुजको ज्यान गएको प्रहरीले जनाएको छ।

केही महिनाअघि मात्र सञ्चालनमा आएको चाउचाउ उत्पादन गर्ने सो उद्योगमा करिब १ सय २० जना जना कामदार छन्। घटनापछि उद्योगका म्यानेजर कृष्ण बुढाथोकी, सुरक्षा गार्डसहित सबै कर्मचारी फरार भएका छन।

ताजा समाचार