संसद भवन अघि आत्मदह प्रयास गर्ने आचार्यको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

संसद भवन अघि आत्मदह प्रयास गर्ने आचार्यको निधन

काठमाडौं, ११ माघ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी निस्कनेबित्तिकै आत्मदाहको प्रयास गरेका युवकको मृत्यु भएको छ ।

आत्मदाह प्रयास गर्ने इलाम घर भएका प्रेम प्रसाद आचार्यको आज बिहान उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो । आगोबाट उनको अधिकांश भाग जलेको हुनाले बचाउन नसकिएको अस्पतालको भनाइ छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको गाडी पास हुने बेलामा उनले आफूलाई आगो लगाएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको थियो । ३६ वर्षीय उनले आत्मदाह प्रयास गर्नु अघि फेसबुकमा निकै लामो स्ट्याटस लेखेका थिए । धेरै हण्डर खाँदाखाँदै मन सम्हाल्न नसकेको, आर्थिक भार थाम्न नसकेर, तिहारअघि सुसाइड नोट लेखी भारतको गुहाटी ब्रम्हपुत्र नदीमा फाल हान्ने जमर्को गरेको उनले जानकारी दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);