साउदीमा मृत्यु भएका कार्कीको परिवारलाई संसद लामाले गरिन् आर्थिक सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साउदीमा मृत्यु भएका कार्कीको परिवारलाई संसद लामाले गरिन् आर्थिक सहयोग

काठमाडौं, ११ माघ । प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामा (तामाङ)ले साउदी अरबमा मृत्यु भएका जुम्ला तातोपानी गाउँपालिका वडा नं ३ निवासी तिलक बहादुर कार्कीको परिवारलाई आर्थिक सहयोग गरेकी छिन् ।

वैदेशिक रोजगारीको क्रममा साउदीको रियादमा गत पौष २७ गते आकस्मिक निधन भएका कार्कीकोे शव नेपाल ल्याउन निकै कठिनाइ भएको अवस्था बुझेर संसद लामाले मृतकको परिवारलाई सहयोग गरेकी हुन् ।

निरन्तर फलोअपमा शव आउन २÷३ महिना लाग्ने भएपनि नेता लामाको पहलमा तीन दिनभित्रै कार्कीको शव नेपाल ल्याइएको हो । नेतृ लामाले मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छिन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);