प्रेमप्रसाद आचार्य आत्मदाह प्रकरण : प्रहरीद्धारा डा.उपेन्द्र महतोसँग सोधपुछ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

प्रेमप्रसाद आचार्य आत्मदाह प्रकरण : प्रहरीद्धारा डा.उपेन्द्र महतोसँग सोधपुछ

काठमाडौं, १९ माघ । नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुअघि प्रेमप्रसाद आचार्यले कारण खुलाएर सामाजिक सञ्जालमा केही व्यक्तिको नाम किटेका आधारमा प्रहरीले सोधपुछ गरिरहेको छ ।

सरकारले उक्त घटनाको बारेमा छानबिन गर्न गठन गरेको आयोगले आर्चायले नाम लिएका व्यक्तिहरूलाई सोधपुछ गर्ने क्रममा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोसँग प्रहरीले बुधबार सोधपुछ गरेको छ ।

प्रहरीले आचार्यले नाम लिएका व्यक्तिका बारेमा आत्महत्या दुरुत्साहनको मुद्दा परेकोले उनीहरुसँग बयान लिएको हो । विभिन्न व्यक्तिले आफ्नो पैसा खाएको र ऋणको भारी बोक्न सक्ने अवस्थामा आफू नरहेको भन्दै आर्चायले फेसबुकमा लामो भावना पोखेका थिए ।

अघिल्लो दिन संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको भोलिपल्ट बिहान उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा निधन भएको थियो । आचार्यले महतो र उहाँले सञ्चालन गर्दै आएको नेपाल ग्रामोद्योग कम्पनीले घिउ मगाएर म्याद गुज्रेपछि फिर्ता गरेको र आफूले पाउनुपर्ने रकम नदिएको उल्लेख गरेका थिए । नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले आचार्य आत्मदाह प्रकरणको छानबिन गर्न माग गरेका थिए । उनको विषय संसद्मा समेत प्रवेश भएको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);