प्रहरी हिरासतबाट भागेका ६ मध्ये ३ जना पक्राउ, अन्यको खोजी जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रहरी हिरासतबाट भागेका ६ मध्ये ३ जना पक्राउ, अन्यको खोजी जारी

जनकपुरधाम, १८ माघ । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट भागेका ६ मध्ये तीन थुनुवा पक्राउ परिसकेका छन् । मिथिला नगरपालिका २ का हरिदिप सिंह, अमित मण्डल र मिथिला नगरपालिका ६ का रोशनकुमार महतो पक्राउ परेका प्रहरीले जनाएको छ ।

हरिदिपलाई मंगलबार  र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ । हातहतियार खरखजाना मुद्दाका रोशन सोमबार साँझ नै पक्राउ परेका थिए ।  गत आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए ।

तीन जना पक्राउ परेको र बाँकी तीन जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);