प्रहरीको हिरासत तोडेर ६ अभियुक्त फरार | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

प्रहरीको हिरासत तोडेर ६ अभियुक्त फरार

काठमाडौं, १६ माघ । प्रहरी हिरासतबाट ६ जना अभियुक्त फरार भएका छन् । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट पछाडीको भाग तोडेर अभियुक्तहरु राति फरार भएको बुझिएको छ ।

फरार हुनेहरुमा हातहतियार र लागुऔषध मुद्दामा पक्राउ परेका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । हिरासतमा रहेका सात जना मध्ये ६जना भागेका हुन् ।

थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार विनोद शर्मा, अमित मण्डल र रोषण यादव, हरिविक सिंह, रोषण महतो र शंकर सिंह फरार भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);