आज पहाडी तथा हिमाली भेगमा हिमपात, सुदूरपश्चिममा वर्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज पहाडी तथा हिमाली भेगमा हिमपात, सुदूरपश्चिममा वर्षा

काठमाडौं, १६ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले प्रदेश १, मधेश र बागमती लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।
जल तथा मौसम विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। विभागको अनुसार सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

त्यसैगरी आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);