आज तीन प्रदेशमा पानी पर्ने, पहाडी र हिमाली भेगमा हिमपात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज तीन प्रदेशमा पानी पर्ने, पहाडी र हिमाली भेगमा हिमपात

काठमाडौं, १७ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रहेको छ । जल तथा मौसम विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमासामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी आज राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);