विद्युतिय राहदानीको अनलाइन बुकिङ खुल्ला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

विद्युतिय राहदानीको अनलाइन बुकिङ खुल्ला

passport nepal

काठमाडौं, १७ माघ । विद्युतिय राहदानीको अनलाइन बुकिङ खुल्ला गरिएको छ । राहदानी विभागले सेवाग्राहीलाई सर्वसुलभ उपलब्धता र सहज सेवा दिने उद्देश्यले एक महिनाका लागि अग्रिम बुकिङ खुल्ला गरेको हो ।

अब सेवाग्राहीले आफ्नो उपयुक्त समयमा योजना बनाएर इनरोलमेन्टका लागि फाराम भर्न पाउने व्यवस्था गरिएको हो । आफूले चाहेको जुनसुकै समयमा पनि अनलाइन फर्म भर्न पाउने छन् । थप समयमा अनलाइन बुकिङ हुँदा अर्को एक महिनाको थप एक दिनका लागि हुने विभागको भनाइ छ ।

यसको समय सकिदै जादा फेरी एक महिना थपिने छ । एक महिनाका लागि अग्रिम फाराम भर्नका लागि दिन सोमबार अपरान्ह साढे ३ बजे खुला गरिएको छ । दिउँसो भ्याइएन भने राति १० बजे अनलाइन बसेर पनि विद्युतीय राहदानीको फाराम भर्न सक्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);