सहिदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र परिवर्तन सम्भव : प्रधानमन्त्री प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सहिदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र परिवर्तन सम्भव : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदहरूको बलिदानको उच्च सम्मानका साथ उहाँहरूको सपनालाई साकार पार्ने कार्यमा सबै आ–आफ्नो ठाउँबाट निरन्तर प्रयत्नशील रहनुपर्ने बताउनु भएको छ । सहीदहरूले देखाएको बाटोमा शब्दमा मात्र होइन, कर्ममा समेत अनवरत रूपमा लामवद्ध हुन, उहाँहरूको त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने संकल्प गर्न आम जनसमुदायमा अपील गर्नुभएको हो ।

सहिद दिवसको अवसरमा आज शुुभकामना सन्देश जारी गर्दै जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिवद्धता जनाउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले आन्दोलनका क्रममा घाइते हुनुभएका योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना पनि गर्नुभएको छ । महान् सहिदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र नेपालमा परिवर्तन सम्भव भएको उहाँले उल्लेख गर्नुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत् देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधै प्रेरणादायी हुने उहाँले विश्वास लिनुभएको छ ।

‘चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ संकल्पित छ । आजको यस ऐतिहासिक दिनले देश र जनताको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासहित फेरि एकपटक सहिदहरूको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न म स बैमा हार्दिक आव्हान गर्दछु ।’– उहाँले जारी गरेको सन्देशमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);