आगो लगाएर बावुले गरे छोराको हत्या, श्रीमतीको उपचार हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आगो लगाएर बावुले गरे छोराको हत्या, श्रीमतीको उपचार हुँदै

काठमाडौं, १६ माघ । बाँकेमा एक पुरुषले पेट्रोल छर्किएर आगो लगाएर आफ्नै छोराको हत्या गरेका छन् । कोहलपुर–२ शक्तिनगरका भानुभक्त विकले पेट्रोल छर्किएर आगो लगाउँदा दुई वर्षीय छोराको मृत्यु भएको हो । घाइते भएकी उनकी श्रीमतीको उपचार भइरहेको छ ।

विक श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर भारततर्फ भाग्दै गर्दा प्रहरीले राति १ बजे नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइरहेको प्रहरीले जनाएको छ ।

बालकको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा आज बिहान निधन भएको हो । आगोबाट गंगाको घाँटी, हात, कान लगायतका भाग जलेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);