ड्युटीमा खटिएकी असईमाथि पेट्रोल छर्केर आगो लगाउनेलाई कारवाहीको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ड्युटीमा खटिएकी असईमाथि पेट्रोल छर्केर आगो लगाउनेलाई कारवाहीको माग

aago le jalne mahila

काठमाडौं, १४ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ड्युटीमा खटिएकी प्रहरी सहायक निरीक्षक (असई) कल्पना खड्कालाई आगो लगाएर हत्या गर्न खोज्नेलाई कारवाही गर्न माग गरेको छ ।

कांग्रेस संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार विज्ञप्ति जारी गर्दै चितवनको भरतपुर १२ गोन्द्राङ्गस्थित सडक बोर्डको कर संकलन केन्द्रमा ड्युटीमा कार्यरत असई खड्कामाथि केही व्यक्तिले पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएको घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको हो।

‘अक्रमणकारीलाई आवश्यक कानूनी कारवाही गर्न र पीडित सुरक्षाकर्मीलाई उपयुक्त उपचारको व्यवस्था गर्न सरकार समक्ष माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले चितवन मेडिकल कलेजमा उपचाररत खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको भत्सर्नासमेत गरेको छ।  यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);