पत्रकार रोहितामाथि भएको दुर्व्यवहारप्रति प्रेस जनमत संघको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

पत्रकार रोहितामाथि भएको दुर्व्यवहारप्रति प्रेस जनमत संघको आपत्ति

जनकपुरधाम । प्रेस जनमत संघले बुधबार जनकपुरधाममा भएको प्रदर्शनका क्रममा पत्रकार सिबेन्द्र रोहितामाथि भएको दुर्व्यवहारप्रति भर्त्सना गरेको छ । 

सुरक्षाकर्मीले पत्रकार रोहितामाथि कुटपिट गरेको र मोबाइलसमेत फुटाएको सो घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने प्रेस जनमत संघको माग छ । 

विज्ञप्ति

९ पुस २०७८ देखि जारी किसान आन्दोलनको क्रममा माघ १२ गते बुधबार जनकपुरधाममा किसानहरुको शान्तिपूर्ण प्रदर्शनको समाचार संकलन गर्न पुगेका स्थानीय पत्रकार सिबेन्द्र रोहितामाथि सुरक्षाकर्मीद्वारा भएको कुटपिट र मोबाइल फुटाइएको घटनाको प्रेस जनमत संघ घोरभर्त्सना गर्दछ । किसान आन्दोलनकारीमाथि प्रहरीले दमन गरिरहेको दृष्य खिच्दै गर्दा प्रहरीले पत्रकार रोहिताको मोबाइल फुटाएका थिए ।

उक्त घटनाको छानविन गरी पत्रकार रोहितालाई क्षतिपुर्ति उपलब्ध गराउन र दोषीलाई कारवाही गर्न माग गर्दछु । साथै स्थानीय प्रेसको कार्यालयमा पनि प्रहरीले हस्तक्षेप गरी कर्मचारीहरुमाथि कुटपिट गरिएको घटनाको निन्दा गर्दछु ।

बीपी साह 
केन्द्रीय अध्यक्ष 
प्रेस जनमत संघ 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);