६ आरोपित हिरासतको भित्ता फोरेर भागे, खोजी जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

६ आरोपित हिरासतको भित्ता फोरेर भागे, खोजी जारी

jail

काठमाडौं । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना आरोपितहरु फरार भएका छन् ।

आईतवार राति पर्खाल भत्काएर ६ जना आरोपितहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनु भयो । उहाँले इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका फरार आरोपितमध्ये २ जना हातहतियार मुद्दा, २ जना लागुऔषध मुद्दा र २ जना राष्ट्रसेवक बाधा मुद्दाको रहेको बताउनु भयो ।

प्रहरीका अनुसार फरार हुनेमा रोशन महतो र शंकर सिंह हातहतियार मुद्दा, विनोदकुमार शर्मा र अमित मण्डल लागुऔषध मुद्दा र रोशन यादव र हरिदीप सिंह राष्ट्रसेवक बाधा मुद्दाका आरोपीहरु रहेका छन् ।

हिरासत कक्षतर्फको भित्ता निकै कमजोर भएकाले भित्ता फोरेर अभियुक्तहरु भाग्न सफल भएको प्रहरीको भनाइ छ । फरार आरोपीहरको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);