काम छिटो गराइदिन्छु भन्दै रकम लिने दुुई बिचौलिया पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काम छिटो गराइदिन्छु भन्दै रकम लिने दुुई बिचौलिया पक्राउ

धनुषा, १५ माघ । बिचौलियाको काम गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । बिचौलियाको काम गरेको अभियोगमा मिथिला नगरपालिका–६ ढल्केवर बस्ने ५० वर्षीय मो.ताहिर दफाली सहित २ जनालाई जिल्ला प्रशासन कार्यालय धनुषाको गेट अगाडिबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता, राहदानी बनाउन आउने सेवाग्राहीहरुलाई सोही कार्यालयका कर्मचारीहरुसँग चिनाजान रहेको र काम छिटो गराइदिन्छु भनि प्रतिव्यक्ति २ देखि ३ हजारका दरले माग गरी बिचौलियाको काम गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी बिचौलियाको काम गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका–११ बस्ने २८ वर्षीय प्रविन कुमार झा लाई जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यातायात कार्यालयमा आएका सेवाग्राहीहरुलाई सोही कार्यालयका कर्मचारीहरुसँग चिनजान रहेको र काम छिटो छरितो गराई दिन्छु भनी सेवाग्राहीसँग ३ हजार ५ सय रूपैयाँ रकम लिदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);