अनुसन्धानमा रहेका व्यक्तिलाई छुटाइ दिन्छु भनी ठगी गर्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

अनुसन्धानमा रहेका व्यक्तिलाई छुटाइ दिन्छु भनी ठगी गर्ने पक्राउ

पर्सा । अनुसन्धानमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भनी प्रलोभन देखाई ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–५ बस्ने ५२ वर्षीय धिरेन्द्र बहादुर श्रेष्ठलाई यातायात कार्यालय पर्सास्थित सडकबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);