दुबई पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ   | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दुबई पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ  

काठमाडौं। दुबई पठाईदिन्छु भन्दै ठगी गरको अभियोगमा प्रहरीले एक जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्की छन् ।

दैलेख दुल्लु घर भएका एक पुरूषलाई  वर्किङ भिषामा दुबई जानको लागि साढे ७ लाख रूपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाईदिने प्रलोभन उनले देखाएका थिए । पीडितलाई मासिक एक लाख रूपैयाँसम्म तलव हुने विश्वास दिलाई उनी ७ लाख ५० हजार रुपैयाँ ठगी फरार भएका थिए । पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं गोङ्गबुबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);