भुकम्पबाट टर्कीमा ७६ र सिरियामा २३७ जनाको मृत्यु (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

भुकम्पबाट टर्कीमा ७६ र सिरियामा २३७ जनाको मृत्यु (फोटोफिचर)

एजेन्सी । टर्किए (पुरानो नाम टर्की) मा सोमबार बिहान ३ वटा शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्याएको छ । पहिलो भूकम्प ७.८ रेक्टर स्केलको थियो । सबैभन्दा बढी क्षति अंकारा, नुरदागी सहरलगायत १० सहरमा भएको छ। टर्कीको केही सेकेन्डपछि सिरिया, लेबनान र इजरायलमा पनि भूकम्प गएको थियो ।

समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा अहिलेसम्म ७६ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यहाँ ४४० जना घाइते भएको रिपोर्ट छ । सोही क्रममा सिरियामा २३७ जनाको मृत्यु भएको छ भने ६३९ जना घाइते भएका छन् । यसरी यी दुई देशमा मृत्यु हुनेको संख्या ३१३ पुगेको छ । धेरै मानिस अझै पनि भग्नावशेषमा दबिएकाले दुबै देशमा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । तर, लेबनान र इजरायलबाट हालसम्म कुनै क्षति भएको खबर छैन ।

टर्कीको नाम अहिले टर्किए भएको छ। राष्ट्रपति रेसेप तैयप एर्दोगानको सरकारले यसका लागि प्रयास थालेको छ । नयाँ नाम टर्किएलाई संयुक्त राष्ट्र संघले मान्यता दिएको छ । भूकम्पको केन्द्रबिन्दु टर्कीको गाजियनटेप सहर थियो । यो सिरिया सीमाबाट ९० किलोमिटर टाढा छ। त्यसैले यसको वरपरका क्षेत्रमा थप विनाश भएको थियो। युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (युएसजीएस)का अनुसार पहिलो भूकम्पको केन्द्रविन्दु टर्कीको कहरामनमारास प्रान्तको गाजियनटेप सहरबाट ३० किलोमिटर टाढा र जमिनबाट २४ किलोमिटर तल थियो। स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो ।

६.७ म्याग्निच्युडको दोस्रो परकम्प ११ मिनेटपछि अर्थात् ४ बजेर २८ मिनेटमा आएको थियो । यसको केन्द्र जमिनबाट ९.९ किलोमिटर तल थियो। त्यसको १९ मिनेटपछि अर्थात् साँझ ४ बजेर ४७ मिनेटमा ५.६ म्याग्निच्युडको तेस्रो भूकम्प पनि गएको थियो । धेरै मानिसको भग्नावशेषमा दबिएर मृत्यु हुने आशंका गरिएको छ । मानिसहरूलाई बचाउन उद्धार कार्य जारी छ। कहरामनमारस सहरमा उद्धार कार्य जारी छ। सीएनएनका अनुसार उद्धारका लागि एक हजार स्वयंसेवकलाई सहयोगका लागि पठाइएको छ ।

राहत र उद्धारका लागि सेना परिचालन गरिएको छ । यो तस्बिरमा सैनिकहरूले भग्नावशेषबाट मानिसहरूलाई बाहिर निकालिरहेको देखिन्छ। भग्नावशेषमा पुरिएका मानिसको उद्दारका लागि नूरदगी सहरमा उद्धार कार्य भइरहेको छ । टर्कीका मिडियाका अनुसार भूकम्पपछि प्राकृतिक ग्यासको पाइपलाइन फुटेको थियो । त्यसपछि पाइपलाइनमा आगो लागेको थियो । घाइतेहरूको सिरिया–टर्की सीमा नजिकैको इडलिब प्रान्तको अस्पतालमा उपचार भइरहेको छ। सिरियाको दमास्कस, अलेप्पो, हामा, लताकिया लगायतका धेरै सहरमा भवनहरु भत्किएको खबर आएको छ । रेल सेवाहरू रद्द गरिएको छ। भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको छ । यहाँका धेरै क्षेत्रमा करिब ४० सेकेण्डसम्म भूकम्पको धक्का महसुस भएको स्थानीयले बताएका छन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);