संस्कारित विद्यार्थी नेतृत्व बनाउन कस्को के जिम्मेवारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

संस्कारित विद्यार्थी नेतृत्व बनाउन कस्को के जिम्मेवारी

कृष्ण हुमागाईँ: नेतृत्व निर्माणको पहिलो खुडकिलो हो क्याम्पस विश्वविद्यालय जहाँबाट राष्ट्रका लागि हरेक किसिमका नेतृत्वहरू उत्पादन हुन्छन् । जब क्याम्पस विश्वविद्यालयमा असल संस्कार सहीतको नेतृत्व निर्माण गर्ने सकारात्मक वातावरण निर्माण हुँदैन तब समाजमा जाने र समाजबाट निर्माण हुने नेतृत्व पनि राष्ट्रले अपेक्षा गरे अनुसारको पक्कै पनि हुँन सक्दैनन् ।
यदि हाम्रो नेतृत्व निर्माण गर्ने पहिलो केन्द्रमा नै हामीले राम्रो संस्कारयुक्त शिक्षा दीक्षा र रचनात्मक गतिविधि हाम्रा क्याम्पस विश्वविद्यालयमा संचालन गर्न सकेको खण्डमा राष्ट्रले अपेक्षा गरे अनुसारको नेतृत्व निर्माण को आधार तयार हुन सक्छ ।
यीनै विषय बस्तुमा केन्द्रीत रहेर संस्कारित विद्यार्थी नेतृत्व निर्माण मा क्याम्पस विश्वविद्यालय र विद्यार्थी संगठनको भूमिका कस्तो हुनु पर्छ , स्ववियुले विद्यार्थी राजनीति र नेतृत्व निर्माण को लागि कसरी अगाडि बढनु आवश्यक छ भन्ने बारेमा आफ्ना विचारहरू यश लेखमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।
सर्वप्रथम कुनै पनि क्षेत्रमा असल व्यक्ति निर्माण का लागि राम्रो संस्कार आवश्यक हुन्छ । साथै एउटा व्यक्तिमा , अनुशासन , नैतिकता, इमानदारीता र असल चरित्र हुन अति नै आवश्यक हुन्छ । त्यसले नै व्यक्तिलाई योग्य, सक्षम र कुसल बनाउ मद्दत गर्दछ ।
जब हामी क्याम्पस विश्वविद्यालयमा विद्यार्थीे नेतृत्वको कुरा गर्छौं भने विद्यार्थी संगठन र क्याम्पस विश्वविद्यालय भित्र त्यसको नेतृत्व गर्ने व्यक्ति पनि संस्कारित, अनुशासित , इमानदार , नैतिकवान, चरित्रवान हुनु आवश्यक छ । तब मात्र त्यस संगठनको बृद्वि विकास र क्याम्पस विश्वविद्यालयमा कुसल विद्यार्थी नेता जन्मिन सक्छ ।
त्यसका लागि हाम्रा क्याम्पस विश्वविद्यालयमा विद्यार्थी हरूको अतिरिक्त विकासमा लागि एउटा साझा संगठन आवश्यक छ त्यो हो स्ववियु तर विडम्बनापूर्ण भन्नू पर्छ विगत २०६५ साल यता विद्यार्थी संगठन र क्याम्पस विश्वविद्यालयको नेतृत्व गर्ने विद्यार्थीहरूको प्रतिनिधि मुलक संस्था स्ववियु पुर्णरूपमा निस्कृय छ । विगतका दनिहरूमा त्यसलाई सकृय बनाउने पक्षमा न क्याम्पस प्रशासन देखिए न आम विद्यार्थी संगठन र विद्यार्थी हरू नै देखिए । विद्यार्थी संगठन जो विद्यार्थीको विचमा विद्यार्थी सँगै बसेर उसको हरेक समस्या बुझने , विद्यार्थी लाई परेको अनेकौं किसिमको समस्याहरूको विषयमा पैरवी गर्ने, क्याम्पस र विश्वविद्यालय प्रशासनले विद्यार्थी हरूलाई दिनु पर्ने सेवा सुविधा सहजै प्राप्त गर्न समन्वयको भूमिका निर्वहन गर्ने, विद्यार्थीका समस्या समाधानका लागि उचित सुझाव ,सल्लाह र पहल कदमी कार्य अगाडि बढाउने हो । तर त्यो हुन सकेन र गर्न पनि सकेनन्न् । किन भने विद्यार्थी संगठन विद्यार्थी हरूको प्रतिनिधित्व भन्दा पनि एउटा कुनै राजनीतिक दलको विचार धाराबाट प्रभावित भएर आफ्नो पार्टिको इच्छा, चाहाना, आवश्यक र दलिय स्वार्थपुर्तिका आफ्ना नेताका लागि र पार्टीको स्वास्र्थमा मात्र केन्द्रीत भएको परिदृश्य हामीले देखाका छौँ ।
ऋर्का तिर दलीय भातृ संगठनको रूपमा अगाडि बढेका विद्यार्थी संगठनका नेताहरू क्याम्पस विश्वविद्यालयमा भएका अनेकौं वेथिति र विकृतिको विरूद्वमा समय समयमा बोल्ने त गरेका छन् तर उनिहरूको कार्यशैलि भने अराजकता तर्फ उन्मुख भएको पाइन्छ । जसले गर्दा क्याम्पस र विश्वविद्यालयमा अलग अलग दलको स्वार्थ अनुरूप विद्यार्थी संगठनका नेताहरूले , महिनौँ तालाबन्दी गर्ने, भौतिक संरचना जलाउने, फुटाउने, शिक्षक र प्राध्यापकहरूलाई कालोमोसो दल्ने, कुटने जस्ता कार्यहरूमा सकृय भइरहे ।
त्यो परिस्थिति आज पनि उस्तै छ जसले गर्दा विद्यार्थी संगठनहरू प्रती विद्यार्थीहरू आकर्षित हुन सकेनन् । त्यसकारणले आज क्याम्पस विश्वविद्यालय र समाजले दलीय विद्यार्थी संगठनहरूलाई हेर्ने दृष्टिकोणमा पनि नकारात्मक भएको पाइन्छ ।
यति मात्र होइन आज नेपालका प्रमुख क्याम्पसहरू शंकरदेव, नेपाल कमर्स, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस , आर आर, अस्कल, ताँहचल , पशुपति बहुमुखी , ठाकुराम, महेन्द्र मोरङ्ग बहुमुखी लगायत त्रिविका अधिकांश आंङ्गिक र सामुदायिक क्याम्पसहरू जहाँ विद्यार्थी संगठन र विद्यार्थी नेता हुँ भन्नेहरूले क्याम्पसको विकास निर्माण को कार्यमा कमिसन माग्ने, क्याम्पस विश्वविद्यालयले भाडामा लगाएका सटरहरूबाट हप्ता उठाउने, विद्यार्थी हरूलाई छात्रवृत्ति दिलाउछु भनेर हजारौं कमिसन लिने, क्याम्पस हाता भित्र प्राध्यापकलाई मैले भनेको मान्ने भए मान नत्र कलोमोस दल्छु भन्ने कति प्राध्यापकहरूलाई मोसो दल्ने, क्याम्पस प्रमुख र प्राध्यापकहरूलाई मार्ने डर र धम्की दिने जस्ता गतिविधिमा सकृय भएको परिदृश्य समेत हामीले देखेका छौँ भने त्यस्ता गतिविधिको बारेमा नेपालका प्रमुख संचार माध्यामहरूमा कयौंपटक समाचारहरू पनि प्रकाशन भइरहेका छन् ।
यश विषयमा अझैँ भन्नू पर्दा आज पनि शंकरदेव, नेपाल कमर्स क्याम्पसमा , त्रिवि केन्द्रीय क्यामसहरूमा विविए, विआइएम , एम विए पढनका लागि छात्रवृत्ति दिने, पढनका लागि नाम निकालि दिने भनेर विद्यार्थीहरूसँग लाखौँ असुल उपरि गर्ने विचौलिया विद्यार्थी नेताहरूले अड्डा बनाएर बसेका छन् । विगतमा त केही त्यस्ता नेताहरूलाई विद्यार्थीहरू ठगिको आरोपमा क्याम्पस प्रशासनको सहयोगमा प्रहरीले समाते पनि तर विडम्बना सत्ता र शक्तिका आडमा उनिहरू सजिलै छुटे र खुलेआम आज पनि सोही गतिविधि मा सकृय नै भेटिन्छन् ।
अर्कोे त्रिवि व्यवस्थापन विभागको नयाँ बन्दै गरेको भवनमा निर्माण को चरणमा कयौं विद्यार्थी नेता हुँ भन्नेहरूले लाखौं कमिसन मागे, दिन्न भने पछि विभागीय प्रमुखलाई कलोमोसो दल्छु भनेर धम्की दिए , घेराउ हाले , धम्कीपुर्ण म्यासेज गरेको विषयहरू पनि हामिले सुन्नमा पायौं । साथै त्रिविले जनकपुरको एउटा क्याम्पसलाई पढाउनका लागि सम्बन्धन प्रदान गरेको निहुँमा ठुला विद्यार्थी संगठन हुँ भन्नेहरूले महिनौँ तालाबन्दी गरे , उपकुलपतिलाई मुडभेड गर्ने धम्की दिने र झडप समेत गराए । यी र यस्ता त प्रतिनिधि घटनामात्र हुन जुन कार्य विद्यार्थी नेता हुँ भन्नेहरूले आज पनि निरन्तर गरिरहेका नै छन् ।
यस्ता गतिविधि मौलाउनुको कारण भनेको राजनीति नेतृत्वहरूले हाम्रो क्याम्पस विश्वविद्यालयमा स्वार्थ केन्द्रीत दलीय भागबन्डा गर्ने मिलेर खाने प्रवृतिको विकास गरेको ले हो । अर्कोे कुरो विद्यार्थी हरूको साझा संगठन स्ववियुलाई निश्कृय पार्नाले यस्तो वेथिति क्याम्पस विश्वविद्यालयमा बढेका छन् । किन भने विगत २०६५ सालदेखि यता विद्यार्थीहरूको साझा संगठन स्ववियुलाई प्रभावकारि ढंगले संचालन गर्न नसकेर स्ववियु निर्वाचन पनि भएनन् आंशिक रूपमा २०७३ सालमा केही क्याम्पसहरूमा निर्वाचन भयो तर जुन ढंगले हुनु पर्ने थियोे र जहाँ जहाँ हुनु पर्ने थियो त्यो क्याम्पस र विश्वविद्यालयहरूमा हुन हुन सकेनन् ।
किन भने यीनै राजनीतिक दल र तीनका भातृ संगठनहरूको आन्तरिक किचलो र असक्षम विश्वविद्यालय पदाधिकारीहरू जसले स्ववियुलाई निश्कृय पार्ने अभियानमा लागि रहे । नियमित रूपमा स्ववियु निर्वाचन गराएनन् । जसले गर्दा क्याम्पस विश्वविद्यालयमा जुन किसिमले विद्यार्थी नेतृत्वहरू तयार हुनु पर्ने थियोे , जुन किसिमले विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापहरू, रचनात्मक गतिविधि , विभिन्न किसिमका तालिमहरू, खेलकुद कार्यक्रमहरू, सांस्कृतिक कार्यहरू , जनचेतना र जागरणमुक कार्यक्रम , राष्ट्रिय मुद्दाहरूमा बहस , समय समयमा सरकारलाई सजग गराउने , सचेत गराउने सकारात्मक कार्य गर्न विषय केन्द्रीत सुझाबहरू प्रदान गर्ने जस्तो गतिविधिहरू विद्यार्थी हरूको प्रतिनिधिमुलक संस्था स्ववियुले गर्ने पर्ने थियोे तर त्यो पुर्णरूपमा बन्द हुन पुग्यो ।
एकातिर दलीय विद्यार्थी संगठनका नेतृत्वहरूको अराजक शैली र पार्टि केन्द्रीत क्रियाकलापहरूले गर्दा असल , कुसल,योग्य अनुशासित , नैतिकवान र चरित्रवान नेतृत्व निर्माण कार्य असफल हुँदै गयो र विद्यार्थी नेतृत्वहरू सत्ता र शक्तिको स्वार्थमा लिप्त हुन पुगे । जसले गर्दा आज विद्यार्थी नेतृत्वहरू कुसंस्कारित राजनीतिक संस्कारमा अग्रसर भए । त्यसैको परिणाम स्वरूप २०६५ साल यता क्याम्पस विश्वविद्यालयबाट विद्यार्थी नेताहुँदै क्रमिक रूपमा राष्ट्रिय राजनीतिकालागि राम्रो कुसल नेतृत्व निर्माण हुन सकेन ।
क्याम्पस विश्वविद्यालयको भूमिका
अब कुरा गरौँ विद्यार्थी नेतृत्वका लागि क्याम्पस विश्वविद्यालयको भूमिका कस्तो बनाउने भन्ने विषयमा । पक्कै विद्यार्थी नेतृत्वका निर्माणका लागि क्याम्पस विश्वविद्यालयको भूमिका महत्त्वपूर्ण हुन्छ किन भने क्याम्पस विश्वविद्यालय नै विद्यार्थी हरूको मार्गदर्शक हो ।
त्यसैले पहिलो भूमिका भनेको विद्यार्थीहरूको साझा संस्था स्ववियुलाई पुनःजीवित गराउनका लागि जसरी यश बर्ष त्रिवि लगायत केही विश्वविद्यालयहरूले चैत्र ३ मा मध्यपश्चिम विश्वविद्यालय र चैत्र ५ मा त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन गर्न गइरहेको छ । त्यसलाई शान्तिपूर्ण वातावरण सम्पन्न गर्नु पर्छ ।
दोश्रो आफ्नो क्याम्पस र विश्वविद्यालयमा नियमित अध्ययनरत विद्यार्थीहरूलाई नै विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने सकारात्मक वातावरण निर्र्माण गर्नु पर्छ ।
तेस्रो स्ववियु निर्वाचन हरेक २ र २ बर्षमा नियमित हुनु आवश्यक छ । जसले गर्दा विद्यार्थी र युवा नेतृत्व निर्माण गर्ने प्रकृया निरन्तर अगाडि बढ्छ ।
चौथो विद्यार्थी नेतृत्वहरूलाई संस्कारित बनाउनका लागि क्याम्पस विश्वविद्यालयमा हुने कुनै पनि किसिमको अराजक गतिविधि स्ववियु मार्फत पुर्ण रूपमा बन्द गराउनु पर्छ र कुनै पनि विद्यार्थी समुह व विद्यार्थी संगठनले तालाबन्दी , तोडफोड, कालोमोस दल्ने ,शिक्षक र प्राध्यापकहरूलाई धमक्याउने, धर्काउने , डरदेखाउने जस्ता गतिविधि गरेको खण्डमा त्यस्तो संगठनहरूलाई क्याम्पस विश्वविद्यालयमा पुर्ण रूपमा बन्द गराउने कार्यविधि निर्माण गर्ने
पँचौ भुमिका स्ववियु नेतृत्वहरूलाई असल राजनीतिक संस्कार सिकाउने र सिक्ने वातावरण विद्यार्थी संगठनहरू र विश्वविद्यालयले मिलेर निर्माण गर्नु पर्छ ।
विद्यार्थी संगठनको भूमिका 
अब कुरा गरौँ विद्यार्थी संगठनको भूमिका कस्तो हुने त भन्ने विषयमा, राम्रा र योग्य विद्यार्थी नेतृत्व निर्माण का लागि विद्यार्थी संगठनहरूको पनि भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसका लागि पहिलो नम्बरमा विद्यार्थी संगठनहरूले दलीय स्वर्थ अनुरूपमा विद्यार्थी हरूलाई प्रयोग गर्न बन्द गर्नु पर्छ ।
दोस्रो, आफ्ना विद्यार्थी नेताहरूको अराजक शैलिमा पुर्ण रूपमा बन्देज गर्दै असल वैचारिक राजनीति संस्कार प्रदान गर्नु पर्छ ।
तेस्रो, विद्यार्थी हरूलाई आफ्ना माउ पार्टिको झण्डा बोकाउने र नेताको झोला बोकाउने , नेता विशेष स्वार्थ पुर्तिका लागि प्रयोग गरिने परिपाटी अन्त्य गर्नु पर्छ ।
बढि भन्दा बढी रचनात्मक गतिविधिहरू संचालन गर्नका लागि प्रेरित गर्ने ।
वर्तमान समयमा क्याम्पस विश्वविद्यालयको नियुक्तहरूमा प्रशासनिक कार्यहरूमा जुन किसिमको दलीय हस्तक्षेप छन् त्यसलाई मुक्त पार्ने र दल विशेष सोच र चिन्तनबाट माथि उठेर समग्र शैक्षिक सुधार, गुणस्तरीय, संस्कारयुक्त, सिपयुत्त र जीवन उपयोगि शिक्षा प्रदानकालागि निरन्तर रूपमा हरेक विद्यार्थी संगठन र तिनका नेतृत्वहरू अग्रसर हुनु पर्छ ।
स्ववियुको भूमिका 
अत्यन्तमा कुरा गरौँ स्ववियुको भूमिका कस्तो रहने भन्ने विषयमा । विद्यार्थी नेतृत्व निर्माण का लागि स्ववियु पनि महत्त्वपूर्ण साझा संस्था हो जोसँग क्याम्पस विश्वविद्यालयसँग समन्वय गरेर काम गर्ने महत्त्वपूर्ण जिम्मेवारी हुन्छ । त्यसका लागि सर्वप्रथम त स्ववियु दलीय राजनीतिबाट मुक्त बनाउने कार्यमा अगाडि बढनु पर्छ ।
दोश्रो विद्यार्थी केन्द्रित गतिविधि , तालिम , सीप, अन्तरक्रिया कार्यक्रम , विद्यार्थीलाई खोज अनुसन्धानमा सहयोग गर्ने, विश्वविद्यालय पदाधिकारी र अन्य टिमसँग मिलेर शैक्षिक गणुस्तर सुर्धाने विषयमा कार्ययोजना तयार गर्न सहयोग गर्ने । विषय केन्द्रीत तालिमहरू संचालन गर्ने, प्राध्यापक, विद्यार्थी र प्रशासन विचको सम्बन्धलाई सुमधुर र समन्वयकारि बनाउने ।
विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागु गर्न र गराउन सहयोग गर्ने । परिक्षा प्रणालिमा हुने त्रृटिहरू सच्याउन सम्बन्धित निकायलाई सजग गराउने, नियमित पढनपाढन र परिक्षा संचालन गर्न दबाब सृर्जना गर्ने । समयमै परिक्षाफल सार्वजनिक गर्न झकझक्याउने कार्यमा सकृय हुने ।
नयाँ नयाँ सोच, आविष्कारहरू गर्ने कार्यमा विद्यार्थी हरूलाई अग्रसर गराउने । क्याम्पस र विश्वविद्यालयमा हुने आर्थिक अनियमितहरूलाई ठिक गर्न प्रतिपक्षको भूमिका खेल्ने र खवरदारी गर्ने ।
राज्यले चालेका कयौं शंकास्पद कदमहरूलाई जनताको हित र राष्ट्रलाई दीर्घकालमा असर पुग्ने कदमहरू सच्याउन र सही निर्णय लिन दबाब सृर्जना गर्ने ।
विद्यार्थी हरूलाई नेपाली मौलिक धर्म ,संस्कृतिको संरक्षण र त्यस बारेमा ज्ञान प्रदान गर्ने किसिमको अभियानहरू संचालन गर्ने । विद्यार्थी हरूलाई शैक्षिक अबलोकन गराउने कार्यक्रमहरू तयार गर्ने । यी तमाम कार्यहरू गर्ने दिशामा स्ववियुले आफ्नो कदम अगाडि बढाउनु आवश्यक छ ।
अत्यन्तमा कुसल र संस्कारित नेतृत्व निर्माण को आधार स्तम्भ विद्यार्थी र क्षेत्र भनेको हाम्रा क्याम्पस विश्वविद्यालयहरू हुन । जहाँ अनेकौं विचारधारा भएका विद्यार्थीहरूलाई साझा रूपमा नेतृत्व गर्ने संस्था स्ववियु हुन्छ । जसलाई दलीय स्वार्थबाट मुक्त गर्दै स्ववियुमा संस्कारयुक्त, अनुशासित , नैतिकवान , चरित्रवान , विद्यार्थी को भावना र समस्या बुझने , समग्र विद्यार्थी हरूको नेतृत्व गर्न सक्ने विद्यार्थी नेतृत्वको छनौट गर्ने र त्यस्तो नेतृत्व निर्माण गर्ने कार्यमा हाम्रा क्याम्पस विश्वविद्यालय, सम्पूर्ण विद्यार्थी संगठनहरू र उच्च राजनीतिक नेतृत्वहरू लाग्नु आवश्यक छ ।
नेपालको राष्ट्रिय राजनीतिमा संस्कार सकिदै गइरहेको परिस्थितिमा भविष्यका लागि तयार हुने नेतृत्व कस्तो बनाउने भनेर आजैदेखि नै क्याम्पस विश्वविद्यालय भित्र विद्यार्थी हरूको नेतृत्व गर्ने हाम्रा विद्यार्थी नेतृत्वहरूलाई असल संस्कार सहित राम्रो वैचारिक राजनितिक संस्कार दिनु आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);