घर भत्किरहँदा सामानको बिटो बाँधेर बाटो लाग्दै सुकुम्बासीहरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

घर भत्किरहँदा सामानको बिटो बाँधेर बाटो लाग्दै सुकुम्बासीहरू

काठमाडौं ।

आजको बिहानी थापाथलीको सुकुम्बासी बस्तीका बासिन्दाका लागि एउटा अभिशप्त बिहानी बनेर आयो । सयौंको संख्यामा तैनाथ सुरक्षाकर्मीहरूका बीच जब डोजरले बस्तीमा प्रवेश ग¥यो, तब त्यहाँ बसोबास गर्नेहरूको सानो संसार क्षणभरमै तहसनहस भयो । तस्बिरहरूले एउटा हृदयविदारक कथा भनिरहेका छन्ः घरका भित्ता त ढले, तर त्यसभन्दा ठूलो पीडा त्यहाँका बासिन्दाको अनुहारमा छ । अघिसम्म ओत लागेका परिवारहरू आफ्ना थोरै भएका सामानहरू बोरामा कोच्दै, बिटो बाँध्दै सडकमा निस्किएको दृश्यले जोसुकैको मन पनि कटक्क खान्छ

। कतिपयले ओछ्यानको बिटो, कतिले भाँडाकुँडा त कतिले बच्चाहरूको सानो झोला बोकेर अनिश्चित भविष्यतर्फ पाइला चाल्दैछन् । तस्बिरमा देखिएका वृद्धवृद्धाको शुन्यताले र स–साना बालबालिकाको काखमा टाँसिएर हेरिरहेको त्यो निरीह दृश्यले राज्य कतिसम्म कठोर हुन सक्छ भन्ने प्रश्न खडा गरेको छ । एउटा सामान्य ओतको लागि वर्षौंदेखि संघर्ष गरिरहेका यी मानिसहरू आज फेरि सडकमा आइपुगेका छन् ।

डोजरले घर त भत्कायो, तर ती मानिसहरूको मनमा पैदा भएको घाउ कहिले निको होला ?

Leave a Reply