रुँदैमा फिल्म चल्छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रुँदैमा फिल्म चल्छ ?

four actors

काठमाडौं, ६ साउन । छायांकन, सम्पादन, कलर करेक्सन, डबिङलगायतका काम सकेर एउटा फिल्म पूर्ण रुपमा तयार हुन लगभग ६ महिना बढी लाग्छ ।

अझ, रिलिजको चाँजोपाजो मिलाएर हल पुग्दासम्म त झन्डै १ वर्ष नै भेट्छ । यस बीचमा निर्माताको खल्तीबाट लाखौं रुपैयाँ स्वाह भइसकेको हुन्छ ।  त्यो लगानी उठ्छ वा उठ्दैन केहि ग्यारेन्टी छैन । फिल्म राम्रो भए चलिपनि हाल्छ नभए पहिलो शोबाटै हलबाट हात हल्लाउनु पर्छ । यसबाट निर्देशक र कलाकारलाई धेरै ठूलो नोक्सान त नहोला तर निर्माताले भएभरको जायजेथो सबै गुमाउनु पर्छ ।

यहाँ नेपाली फिल्म निर्माण गरेर विल्लीबाठ भएका धेरै निर्माताहरु छन् । अचेल फिल्म बनाएर मात्र पनि पुग्दैन त्यही अनुसारको प्रचारप्रसार चाहिन्छ । र, फण्डा पनि प्रचारप्रसार जस्तै भएपनि फण्डा गर्न भने नेपाली कलाकार जति सायदै विश्वका कुनै कलाकारलाई आउँछ ।  पछिल्लो समय त आफ्नो फिल्म रिलिज हुने बेला ग्वाँ ग्वाँ रोइदिने चलन खुब फस्टाएको छ । छक्का पञ्जा २ रिलिजको बखत निर्देशक दीपाश्री निरौला रोइन् । कान्छी चल्न अगाडि अभिनेत्री तथा निर्मात्री श्वेता खड्का, श्रीकृष्ण श्रेष्ठलाई सम्झिँदै रोइन् ।

फिल्म शत्रु गतेु हेर्न हल पुगेका दर्शक देखेर अभिनेत्री आँचल शर्मा रोइन् । फिल्म हिरोज् को पत्रकार सम्मेलनमा अभिनेत्री तथा निर्मात्री पूर्णिमा लामाले आफूलाई कसैले सहयोग गरेको भन्दै फिल्म हेरिदिन आग्रह गर्दै हातले आँशु पुछ्दै ग्वाँ ग्वाँ  रोइन् । दीपाश्री, श्वेता, आँचल र पूर्णिमालाई धेरैले फिल्म चलाउन गरेको फण्डा भन्दै चर्को आलोचना गरे ।

यसैबीच शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म पण्डित बाजेको लौरीको प्रिमियरमा अभिनेत्री सन्ध्या केसीले पनि रुन छाडिनन् । फिल्म हेरेर निस्कँदै गर्दा ओठमा मिठो हाँसो देखिएपनि मिडियाको सामुन्ने पुगेपछि उनका आँखा आँशुले नुहाए ।  सन्ध्या यो फिल्मकी लिड अभिनेत्री मात्र हुन् निर्मात्री होइनन् ।पण्डित बाजेको लौरी हेरेका धेरैले उनको अभिनयको तारिफ गरेका थिए । तर, यसको बदलामा उनले धन्यवाद आँशुले फर्काउनु अस्वभाविक देखिन्थ्यो । उनलाई पनि कतै रोएर फिल्म चल्छ भन्ने लागेको त होइन ।

सन्ध्याजी रुँदैमा फिल्मले बक्सअफिसमा पैसाको बिटो छाप्ने भए फिल्म बनाएर करोडौं डुबाएका कयौं निर्माताहरुको घर न घाटको बास हुने थिएन । फिल्म चल्न फिल्म आफैंमा बलियो हुनुपर्छ । फिल्मीखवरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);