दर्शकको गाली खाने डरले ‘हुर्रे’ नै हेरेनन् राजारामले ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दर्शकको गाली खाने डरले ‘हुर्रे’ नै हेरेनन् राजारामले !

raja

काठमाडौं, ३१ साउन । आफूले अभिनय गरेको फिल्म नहेर्ने कलाकार सायदै नहोलान् । सबै कलाकारलाई आफू अभिनीत फिल्म सन्तान सरह लाग्छ । तर, हास्यकलाकार राजाराम पौडेलले भने आफ्नो प्रमुख भूमिका रहेको फिल्म ‘हुर्रे’ नै हेरेनछन् ।

बुधवार फिल्म बाँध मायाले को शिर्ष गीत सार्वजनिक कार्यक्रममा उनले यो राज खोले । खासमा यो प्रशंग उनी आफैंले निकालेका भने थिएनन् । पौडेलले फिल्म बाँध मायाले को पोस्टरमा आफ्नो टाउको नराखेकोमा चित्तदुखाई गरेका थिए । उनले निर्मातालाई राहतका लागि आफ्नो तश्बिर पोस्टरमा राखे आफ्ना केही फ्यान पनि हलसम्म जाने बताएका थिए । यो कुरा आफैंमा रोचक थियो । केही महिना अगाडि फिल्म ‘हुर्रे’ को पोस्टर, गीत र ट्रेलरमा उनीलाई नै विशेष स्थान दिइएको थियो । तर, त्यसले सिन्को भाँचेन ।

पत्रकारले कलाकार पौडेललाई प्रश्न गरे पोस्टरमा तपाईको फोटो राखेर फ्यान हलसम्म जाने भए ‘हुर्रे’ हेर्न किन गएनन् त उनले ठट्यौली शैलीमा भने, त्यो त मलाई के थाहा कोही पैसा नभएर गएनन् होला कोही व्यस्त भएर गएनन् होला । उनको यो जवाफले कार्यक्रम हल हाँसोले गुञ्जियो । उनको यो जवाफपछि छेवैमा रहेका बाँध मायाले का निर्देशकले भने, जति हेर्न गएका थिए ती चाहिँ राजाराम दाईकै फ्यान थिए । पछिल्ला हरेक फिल्ममा देखिँदै आएका राजाराम पौडेलले पोखराका एक प्रशंसकले ‘हुर्रे’ आधा हेरेर थुकेर हिँडेको कुरा पनि जोडे ।

‘हुर्रे’ रिलिजको बेला म सुटिङका लागि पोखरमा थिएँ । त्यहाँ एक प्रशंसकले फिल्म आधा हेरेर थुकेर हिँडेको बताउनुभएको थियो । मैले पनि फिल्म हेरेको थिइनँ । काठमाडौं फिरेपछि मैले कलाकार विजय बराललाई फोन गरेर फिल्म हेर्न जान लागेको बताएँ । उसले दाई दर्शकले गाली गर्छन् भनेपछि म हेर्न नै गइनँ’, उनले भने ।

राजारामले ‘हुर्रे’ हेर्दै नहेरेको र कस्तो बन्यो भन्ने समेत थाहा नभएको बताए । स्क्रिप्ट छनौटमा चुकेको आरोप खेपिरहेका उनी आखिर दर्शकले थुक्ने र आफूले नै हेर्न जान नमिल्ने फिल्म किन गरिरहेका छन् त , पैसामुखी भएका त होइनन् । उनलाई नेपाली फिल्मको ब्रम्हानन्दम भन्ने गरिन्छ । उनी भएपछि दर्शकमा फिल्म कमजोर नहुने विश्वास छ । दर्शकको एक वर्ग उनी भएकै कारण हलसम्म पुग्ने पनि छ । कतै राजारामले आफ्नै डाईहार्ट फ्यानमाथि त कुठाराघात गरिरहेका छैनन् । फिल्मीखवरबाट

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);