वर्षमा ५ प्रतिशत फिल्म मात्र हिट : सुनिल मानन्धर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वर्षमा ५ प्रतिशत फिल्म मात्र हिट : सुनिल मानन्धर

sunil manandhar

काठमाडौं, १८ असोज । केही वर्ष यताको आँकडा हेर्ने हो भने वर्षमा सयको आसपासमा फिल्म रिलिज हुँदै आएका छन् । त्यसमध्ये एक दर्जन फिल्म मात्र पुराना मेकर्सको हुन्छ भने अधिकांश नयाँ निर्माताले निर्माण गरेका हुन्छ ।

सयमा कति फिल्म हिट हुन्छन् त निर्माताको कुरामा विश्वास गर्ने हो भने कुनै पनि फ्लप छैनन् । रिलिजको दोस्रो दिनमा नै फिल्मले करोड कमायो भन्दै केक काट्नेदेखि सक्सेस पार्टी गर्ने अचेल चलन नै भइसकेको छ । तर, के बाहिर देखिएको झैँ वास्तवमै अधिकांश फिल्म हिट छन् त हक्की स्वभावका वितरक सुनिल मानन्धरले वर्षमा ९५ प्रतिशत फिल्म फ्लप हुने गरेको खुलासा गरेका छन् ।

बुधवार राजधानीमा आयोजित फिल्म प्रेमलीलाको प्रदर्शन मिति तथा पोस्टर सार्वजनिक कार्यक्रममा उनले यसवर्ष हिट भनिएका फिल्म नै ५० लाख घाटामा रहेको बताए । उनले फिल्म भैरे बाट निर्माता ५० लाख घाटामा रहेको समेत भन्न हिचकिचाएनन् । करोडमाथि लगानीमा निर्माण भएको हो भने कायरा पनि फ्लप छ, उनले भने ।
उनले अहिले घरेलु बजारबाट करोडमाथिको लागतमा निर्माण भएको फिल्मले लगानी सुरक्षित गर्न मुश्किल रहेको बताए । स्टार कलाकार लिएर एक करोड बढीको लागतमा फिल्म बनाए पनि लगानी सुरक्षित गर्न गाह्रो छ वितरक मानन्धरले भने, म नयाँ निर्मातालाई त फिल्म नै नबनाउनु भन्छु ।

आफूलाई बक्स अफिस भन्ने मानन्धरको यो भनाईले आफ्नो फिल्म हिट भएको भन्दै डंका फुक्ने धेरै निर्मातालाई गतिलै जवाफ दिएको छ । उनका अनुसार, यस वर्ष फिल्म नाई नभन्नू ल ५ ले मात्र लगानी सुरक्षित गर्न सफल भएको छ । रामकहानी लाई पनि घाटा हुने उनले संकेत गरेका छन् । फिल्मीखवरबाट


अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);