राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भुमिका खेल्छुः उपाध्यक्ष अर्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भुमिका खेल्छुः उपाध्यक्ष अर्याल

काठमाडौं । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भुमिका खेल्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भुमिका खेल्ने बताउनुभएको हो । उहाँले राष्ट्रिय सभाको भुमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने बताउनु भयो ।

उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरुबीचको सहकार्यलाई विकास गर्दै जाने पनि बताउनु भयो । उहाँले आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने बताउनु भयो । त्यस्तै महिलाहरुका लागि नयाँ नियम, कानून बनाउने सन्दर्भमा पहलकदमी लिने उहाँले बताउनु भयो ।

उपाध्यक्ष अर्यालले आफूले विगतमा महिलाहरुका निम्ति गरेको कामका कारण सबै पार्टीका महिलाहरुले आफूलाई सर्वसम्मत रुपमा निर्वाचित गराउन भुमिका खेलेका बताउनु भयो । आफूलाई सर्वसम्मत बनाउने कुरामा महिला सांसदहरुले आफ्नो पार्टीलाई पनि प्रभावमा पार्न सकेकाले आफू निर्विरोध हुन सकेको उहाँको भनाई छ ।

उहाँले आफूले कसैको पक्ष नलिइ काम गर्ने कुरामा सबैको विश्वास रहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);