सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेनः चन्द्र ढकाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेनः चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताउनुभएको छ ।

मंगलवारबाट शुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल टेक्नोलोजी तथा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढीसकेको भएपनि सरकारले नेपाली इन्जिनियरहरुले उत्पादन गरेका नयाँ सफ्टवेयरलाइ प्राथमिकता दिन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले नेपाली इन्जिनियरहरुले बनाएका टेक्नोलोजी विदेशीको तुलनामा कम नरहेको बताउनु भयो । उहाँले नेपालका टेक्नोलोजी उत्पादन गर्ने प्राविधिकहरु कमी नभएको बताउनु भयो ।

उहाँले नेपाले टक्नोलोजीको क्षेत्रमा विश्वका जुनसुकै देशसँगपनि प्रतिष्पर्धा गर्नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति अनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनैपनि क्षेत्रको विकास हुन सम्भव नरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);