महिलाद्वारा उत्पादित सामग्री विदेश निर्यात गर्ने व्यवस्था गर्न महिला उद्यमीहरुको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

महिलाद्वारा उत्पादित सामग्री विदेश निर्यात गर्ने व्यवस्था गर्न महिला उद्यमीहरुको माग

काठमाण्डौ, भाद्र २३
महिलाद्वारा उत्पादित सामग्री प्रवद्र्धन गरी विदेश निर्यात गर्ने व्यवस्था गर्न महिला उद्यमीहरुले सरकारसँग माग गरेका छन् । कोभिड महामारीपछि महिला उद्यमी मेलामा नेपालमा नै उत्पादित सामग्रीहरु प्रदर्शनमा बसेका महिला उद्यमीहरुले सरकारसँग यस्तो माग गरेका हुन् । महिला उद्यमीहरुले कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुले बजार पाउन नसकिरहेको भन्दै सरकारले विदेश निर्यात गर्ने वातावतरण सिर्जना गर्न आवश्यक रहेको बताए । उनीहरुले सरकारले नेपाली कच्चा पदार्थबाट निर्मित नेपाली ब्राण्डलाई प्रोत्साहन गर्न नसकेको गुनासो गरे । महिला उद्यमीहरुले उद्यमीहरुलाई राज्यले सहुलियतमा ऋण र सीपमुलक तालिम दिन आवश्यक रहेको बताए । महिला उद्यमीहरुले नेपालमै उत्पादित कच्चा पदार्थहरुबाट बनेका विभिन्न सामग्रीहरुलाई सरकारले सहज रुपमा स्वदेश तथा विदेशमा बजारिकरणको व्यवस्था गर्न आवश्यक रहेको औंल्याएका छन् । उनीहरुले नेपाली कच्चा पदार्थबाट हस्तनिर्मित सामान, ढाकाका कपडा, अल्लोका कपडा, बाँसका सामग्री, चाँदीका गरगहना, चियापत्ति विदेश निर्यात गर्ने सरकारले सहज व्यवस्था गरे महिला उद्यमीहरुको संरक्षण र प्रवद्र्धन हुने विश्वास रहेको उल्लेख गरे । महिला उद्यमीहरुले उत्पादन गरेका नेपाली कच्चा पदार्थबाट हस्तनिर्मित सामानहरु विश्व बजारमा पु¥याउन सके मात्रै मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए । सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि विदेशी वस्तु आयात भन्दा पनि नेपाली उत्पादनलाई प्रमुख प्राथमिकता दिएर मुलुक भित्रै खपत गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।

महिला उद्यमी तथा रजनी हस्तकलाकी सञ्चालक रजनी राई चित्राकारले नेपालमा पाइने अर्गानिक घाँस,पराल,केराको रेसा,मकैको खोस्टा लगायत कुहिने वस्तुहरुको प्रयोग गरी सामग्रीहरु बनाउने र बेरोजगारीलाई स्वरोजगार बनाउने काम गरेको बताउनु भयो । उहाँले महिला उद्यमीहले नेपाली वनमा खेर जाने थकाल संकलन गरेर विभिन्न झोला,टोपी लगायतमा वस्तुहरु बनाउने गरेको उल्लेख गर्नुभयो । रजनी हस्तकलामा उत्पादन हुने सामग्रीहरुमा कुनैपनि विदेशी सामग्रीहरुको प्रयोग नहुने र शुद्ध नेपाली कच्चा पदार्थहरु प्रयोग गरेर बनाउने गरेको बताउनु भयो । उहाँले पछिल्लो समय विदेशीहरुको नक्कल गर्ने तर नेपाली सामग्री र उत्पादन प्रयोग गर्न छाडिएको बताउनु भयो । उहाँले सरकारले साना र मझौला महिला उद्यमीहरुले उत्पादन गरेको सामग्री नेपालमा नै खपत गर्न राज्यदेखि सबै नेपाली नागरिक लाग्न आवश्यक रहेको उल्लेख गर्नुभयो । सञ्चालक चित्राकारले महिला उद्यमीहरुले नेपाली कच्चा पदार्थबाट उत्पादन गरेका अर्गानिक सामग्रीहरुलाई विश्व बजारमा पु¥याउनसके नेपाली सीप,कला र सामग्री अन्तर्राष्ट्रिय बजारमा चिनारी हुनसक्ने बताउनु भयो । उहाँले नेपालीहरुले नेपालको सगरमाथा र नेपाली भनेर मात्रै नभएर नेपाली उत्पादनलाई पनि सबैले माया गर्न सक्नुपर्ने धारणा राख्नुभयो । सबै अर्गानिक वस्तुहरु संकलन गरेर विभिन्न सामग्रीहरु उत्पादन गर्ने महिला उद्यमीहरुको केही मूल्य नभएको गुनासो गर्नुभयो । उहाँले नेपाली महिलाहरुले उत्पादन गरेका अर्गानिक वस्तुहरु विदेशीमा निर्यात गराएर साना उद्यमीहरुको व्यापार राज्यले बढाई दिनुपर्ने बताउनु भयो ।

त्यस्तै महिला उद्यमी राधिका पन्थीले महिला उद्यमीहरुले नेपाली कच्चा पदार्थमार्फत उत्पादित वस्तुहरुको बजारीकरण कम रहेको बताउनु भयो । उहाँले त्यस्ता वस्तुहरुको बजारीकरण गर्नको लागि समय–समयमा स्वदेश तथा विदेशमा मेलाको आयोजना गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले महिला उद्यमीहरुको प्रोत्साहनको लागि सरकारले सामग्रीहरुको आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय बजारसम्म बजारीकरण गर्न माग गर्नुभयो । उहाँले राज्यका हरेक निकायहरुको नजर महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुमा जान आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले महिला उद्यमीहरुलाई प्राथमिकतामा राख्न नसकेको भन्दै महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुलाई प्राथमिकता दिन जरुरी रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै, ढाकाको कपडा उत्पादक महिला उद्यमी रिता थापाले नेपाली ढाकाको कपडा उत्पादनमा सरकारले सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले घरेलु उत्पादनहरुलाई राज्यले थोरै मात्रै प्रोत्साहन गरे मूल्य सस्तो र बजारीकरण गर्न सहज हुने बताउनु भयो । व्यवसायी थापाले सरकारले विदेशीबाट आयात हुने कपडालाई प्रतिवन्ध लगाएर नेपाली महिला उद्यमीहरुले उत्पादन गरेको नेपाली उत्पादन मात्रै खरिद गर्ने व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । सरकारले नेपाली उत्पादनलाई प्राथमिकता दिएर विदेशी सामान आयातमा प्रतिवन्ध लगाउँदा विदेशी सामान पलायन हुने अवस्था निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको नेपालमा राम्रो बजारीकरण नभएको बताउनु भयो । उहाँले उत्पादन सामग्रीलाई सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा पु¥याउनसके अझै उत्पादन बढ्ने बताउनु भयो । उहाँले नेपाली उत्पादित सामाग्री ढाका लगायतका वस्तुहरु महँगो हुन्छ भन्ने मान्यता रहेको भन्दै सरकारले सहुलियत ऋण र प्रोत्साहन गरे मूल्य पनि कम हुने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);