रुपन्देही च्याउ खेतीमा आत्मनिर्भर बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

रुपन्देही च्याउ खेतीमा आत्मनिर्भर बन्दै

विमल पुरी

रुपन्देही, १२ माघ । रुपन्देहीको देवदह नगरपालिका भलुहीमा ६ जना युवा उद्यमीहरुको लगानीमा च्याउ फार्म सञ्चालनमा आएको छ । बर्ष भरी नै च्याउ खेती गरी रुपन्देही जिल्लालाई आत्मनिर्भर बनाउँदै भारतसम्म निर्यात गर्ने लक्ष्य सहित युवाहरुले व्यवासायिक रुपमा च्याउ खेती सुरु गरेका हुन् ।

मेहनत गरे देशमा विदेशको भन्दा राम्रो गर्न सकिन्छ भन्ने विश्वासका साथ रुपन्देही देवदहमा ६ जना युवा उद्यमीहरुले व्यवसायीक रुपमा च्याउँ खेती शुरु गरेका हुन् । युवा उद्यमीहरु कृष्णराज पोखरेल, जीवलाल न्यौपाने लगायतको संयुक्त प्रयासमा यो च्याउ खेती शुरु गरिएको हो ।

कृषि उद्यमी समुह दर्ता गरेर शुरु गरेको यो च्याउ खेती अहिले १२ कट्ठा क्षेत्रफलमा फैलिएको छ । वार्षिक १ लाख रुपैयाँ जग्गाको भाडा बुझाउने गरी च्याउ खेती शुरु गरिएको अर्का संचालक कृष्ण चौहान क्षेत्रीले बताए ।

उनले निकट भविष्यमा बुटवलको नयाँगाउँ र अर्घाखाँचीको सितगंगा नगरपालिकामा पनि शूरु गर्ने तयारी गरेको जानकारी दिए । नेपालमा तरकारी, पशुपालन, पर्यटनको क्षेत्रमा रोजगारीको पर्याप्त सम्भावना छ ।

यस क्षेत्रमा सरकारले पनि पछिल्लो समयमा विभिन्न कार्यक्रम समेत ल्याएको छ । त्यसै अन्तरगत युवा तथा साना व्यवसायी स्वरोजगार कोष लगायत संघ संस्थाको सहयोगमा यी उद्यमीहरुले पनि ७ लाख सहयोग पाएका छन् ।

सरकारी सहयोगका साथ साथै बजारीकरणका लागि पनि सरकारले गतिलो नीति बनाउने हो भने, नेपालमा च्याउ खेतीमा धेरेले स्वरोजगार मात्र हैन, विदेशमा पनि निर्यात गर्न सकिने विज्ञहरुहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);