ललितपुरमा तीज महोत्सव तथा महिला उद्यमी मेला | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

ललितपुरमा तीज महोत्सव तथा महिला उद्यमी मेला

ललितपुर, ८ भदौ । ललितपुरमा तीन दिने तीज महोत्सव तथा महिला उद्यमी मेला सूरु भएको छ । साना तथा मझौंला व्यवसायी महासंघ नेपालले तीजको अवसर पारेर शुक्रबारबाट तीज महोत्सव तथा महिला उद्यमी मेला आयोजना गरेको हो ।

ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा आयोजना गरिएको मेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले तीजमा पनि नेपाली महिलाहरुले आजआर्जनको काम गरेर मुलुकको आर्थिक क्षेत्रको नेतृत्व लिने प्रयास गरेको भन्दै खुसी व्यक्त गरिन् ।

उनले साना तथा मझौला व्यवसायीहरुले मुलुकको अर्थतन्त्र र रोजगारीको अवसर सृजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनीहरुलाई प्रोत्साहन गर्न सरकारसँग माग गरे ।

करिव ६० वटा स्टल रहेको मेलामा काठमाडौं, ललितपुर र भक्तपुरका महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकला लगायतका सामग्रीहरु प्रर्दशन गरिएका छन् । ‘एक घर, एक व्यवसाय’ लाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो । तीजलाई लक्षित गरेर आयोजना गरिएको मेलामा १५ हजारभन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);