चौंथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चौंथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सम्पन्न

पुष्पा पोखरेल
काठमाडौं, १८ चैत । महिला उद्यमी महासंघ नेपालको आयोजनामा ललितपुरमा भएको चौंथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०१९ सोमबारबाट सकिएको छ । आम नेपाली महिलाहरुलाई उद्योग व्यवसायमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित मेलामा महिला उद्यमीद्वारा उत्पादिन वस्तु प्रदर्शनी तथा विक्रीमा राखिएको थियो ।

चांैथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा देश भरका साना तथा मझौला महिला उद्यमी, व्यापारी निर्यातकर्ता र विदेशी मुलुकका उद्यमी महिलाको सहभागिता रहेको थियो । ५ दिनसम्म भएको मेलामा महिला उद्यामीद्वारा उत्पादित हस्तकलाका सामान, ढाका तथा घर बुनाइका कपडा, प्राकृतिक रेशा जन्य वस्तु काठजन्य वस्तु, हाते कागजका वस्तु तथा सामग्री राखिएका थिए ।

यसैगरी जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकार, कृषिजन्य उत्पादन, जडिबुटि, गरगहना, सजावटका सामान, विभिन्न सेवा प्रदाएक समानहरुको स्टल राखिएको थियो ।

नेपालमा उत्पादन भएका वस्तु, हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले आयोजना गरिएको मेलामा महिलाहरुको उलेख्य सहभागिता रहेको थियो । मेला अवलोकन गर्ने सर्वसाधरणले खासगरी हाते व्याग तथा चप्पल बढि मन पराएको देखिन्थ्यो । यस्ता किसिमका मेलाले उद्यमी महिलाहरुको आत्मबल बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

चौंथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा १ सय ७ वटा स्टल राखिएको थियो । मेलामा बंगलादेश, भारत, कम्वोडिया, थाईल्यान्ड, पाकिस्तान लगाएतका महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);